News Portal

  • कोरोना अपडेट : दूतावास कुवेतले गर्‍यो नेपालीहरुलाई यस्तो अनुरोध (बिज्ञप्ती सहित)

    हिमाली संचार संवाददाता
    ५४६ पटक
    कुवेत ०१, २०२० अप्रिल

    कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक तथ्यांक सार्वजनिक गर्दै २८ जना नयाँ कोरोना संक्रमित मध्ये १ जना नेपाली नागरिक समेत रहेको बताएको छ।

    कोरोना संक्रमण अहिले बिश्वभर नै महामारिको रूपमा फैलिरहेको छ। अहिलेको अवस्थामा कुवेतस्थित नेपाली राजदूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको कोरोना संक्रमणबाट बच्ने न्यूनतम उपायहरू अवलम्बन गर्न अनुरोध गरेको छ।

    उक्त सन्दर्भमा, कुवेतमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सरसफाईमा विशेष ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन, मास्क तथा ह्याण्ड स्यानिटाइजर्सको प्रयोग गर्न, भिडभाडमा नजान, सामाजिक दूरी कायम गर्न, अत्यावश्यक काम बाहेक अन्य प्रयोजनका लागि घरबाट ननिक्लन, आफू संक्रमित भएको शंका लागेमा तुरुन्तै नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क राख्न तथा भयभित नभई उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन विशेष अनुरोध गरिएको छ।

    साथै निराधार हल्लाको पछि नलाग्न समेत नेपाली राजदूतावास कुवेतले बुधबारै एक बिज्ञप्ती जारी गरेर सबै नेपालीहरुमा अनुरोध गरेको छ। कोरोना भाइरस सम्बन्धी थप जानकारी प्राप्त गर्नको लागि कुवेतको स्वास्थ्य मन्त्रालयको फोन नम्बर २४९७०९६७ मा सम्पर्क गर्न सकिने छ भने नेपाली राजदूतावास कुवेतको फोन नम्बर २५३२१६०३, २५३२१६०४ र २५३२१६०५ साथै हटलाइन नम्बर ९८८६९१२१ मा सम्पर्क गरि जानकारी लिन सकिने बताईएको छ।

    कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक तथ्यांकमा जनाएनानुसार २४ घण्टामा कुवेतमा नोभेल कोरोना भाइरस (कोभिड-१९) का २८ नयाँ संक्रमित फेला परेका छन भने जम्मा संक्रमितहरूको संख्या ३ सय १७ पुगेको छ।

    बिज्ञप्ती यस्तो छ:

    नेपाली राजदूतावास कुवेतको नेपाली समुदायमा हार्दिक अनुरोध।

    कुवेतको स्वास्थ्य मन्त्रालयले मिति ०१ अप्रिल २०२० मा जनाए अनुसार विगत चौबिस घण्टामा कुवेतमा नोभेलकोरोना भाइरस (COVID-19) का २८ नयाँ संक्रमित फेला परेका छन भने जम्मा संक्रमितहरूको संख्या ३१७ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले २८ जना नयाँ संक्रमित मध्ये एक जना नेपाली नागरिक रहेको समेत बताएको छ। महामारिको रूपमा फैलिरहेको यस संक्रमणको हालको अवस्थामा नेपाली राजदूतावास, कुवेत यहाँ रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको कोरोना संक्रमणबाट बच्ने न्यूनतम उपायहरू अवलम्बन गर्दै विशेष सावधानी एवं उच्च सतर्कता अपनाउनुहुन पुनः हार्दिक अनुरोध गर्दछ। कोरोना भाइरसको संक्रमणबाट जोगिनदूतावासले विभिन्न समयमा प्रेस विज्ञप्ति तथा सूचनाहरू मार्फत आवश्यक पर्ने जानकारीहरू उपलब्ध गराउँदै आएको सबैमा बिदितै छ। साथै, नेपाल सरकार तथा कुवेत सरकारद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी विभिन्न मितिमा जारी निर्णयहरू निर्देशनहरू तथा अन्य सान्दर्भिक जानकारीहरू समेत दिदै आईरहेको व्यहोरा सबैमा अवगत नै छ। यस सन्दर्भमा, कुवेतमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सरसफाईमा विशेष ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन, मास्क तथा ह्याण्ड स्यानिटाइजर्सको प्रयोग गर्न, भिडभाडमा नजान, सामाजिक दूरी कायम गर्न, अत्यावश्यक काम बाहेक अन्य प्रयोजनका लागि घरबाट ननिक्लन, आफू संक्रमित भएको शंका लागेमा अविलम्ब नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क राख्न तथा भयभित नभई उच्च मनोबलका साथ जग, सचेत एवं सुरक्षित रहन साथै निराधार हल्लाको पछि नलाग्न समेत राजदूतावास पुनः अनुरोध गर्दछ। कोरोना भाइरस सम्बन्धी थप जानकारी प्राप्त गर्नको लागि कुवेतको स्वास्थ्य मन्त्रालयको सम्पर्क नम्बर २४९७०९६७ मा सम्पर्क गर्न सकिनेछ। अन्य थप जानकारीका लागि नेपाली राजदूतावास कुवेतको निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछः टेलिफोन नम्बरः २५३२१६०३, २५३२१६०४, २५३२१६०५ हटलाइन नम्बरः ९८८६९१२१, वेवसाइट : kw.nepalembassy .gov.np नेपाली राजदूतावास कुवेत २०७६/१२/१९ (तदनुसार ०१ अपिल २०२०)

    यो पनि पढ्नुहोस।

    कुवेतमा एक जना नेपाली कोरोना संक्रमित

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...