News Portal

भारतमा आइतबार ‘जनता कर्फ्यु’

हिमाली संचार संवाददाता
५२३ पटक

दिल्ली १९, २०२० मार्च : भारतमा आइतबार ‘जनता कर्फ्यु’ घोषणा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बिहीबार देशबासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको रोकथामका लागि भारतभर ‘जनता कर्फ्यु’ घोषणा गरेका हुन्।

उनले आफू बचौं, देश बचाऔं र जगत जोगाऔं भन्दै देशवासीलाई आग्रह गरेन्। उनले भने, ‘संकटबाट आफू बचौं, देश बचाऔं र जगत जोगाऔं। म फेरि आग्रह गर्दछु, जनता कर्फ्यू लागु गरौं।

अहिले कोरोना भाइरसले विश्‍व विश्वयुद्धको संकटभन्दा पनि नराम्रो तरिकाले प्रभावित भइरहेको भन्दै विशेष सावधानी अपनाउनुपर्ने प्रधानमन्त्री मोदीको सुझाव छ। उनले भने, ‘म १३० करोड भारतीय जनतालाई केही हप्ता माग्‍न चाहन्छु। यस अवधिमा दुईवटा काम गर्नु आवश्यक छ। जसमा संकल्प र संयम अपनाउनुपर्दछ।

हाल भारतमा कोरोना भाइरसको संक्रमण बढ्ढो क्रममा रहेको छ। मोदीको घाषणाअनुसार आइतबार बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म जनता कर्फ्यु लागू गरिनेछ। २२ मार्चमा हुने जनता कर्फ्यूको बारेमा आफ्ना नजिकका मानिसलाई फोन वा अन्य कुनै माध्यमबाट सूचना दिन पनि उनले आह्वान गरेका छन्।

उनले भने, ‘महामारीको रुपमा फैलिएको यो भाइरस विरुद्ध लड्न जनताको, जनताद्वारा नै यो कर्फ्यु सफल बनाउन म आग्रह गर्छु। यो समयमा कोही पनि आफ्नो घरबाट बाहिर ननिस्कनुस्। सबैजना आफ्नो घरमा नै बस्नुस्। यो हाम्रो लागि चुनौती हो । विश्वव्यापी महामारी विरुद्ध लडाई हो।

उनले केही हप्तासम्म ६० वर्षभन्दा माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेका छन्। मोदीले खाद्यान्न, औषधी, लगायत अत्यावश्यक सामानहरुको कमी हुन नदिन सरकारले प्रयास गरिरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...