News Portal

  • जिबिएच टुरिजम एलएलसीको भव्य उदघाटन 

    हिमाली संचार संवाददाता
    ३७८ पटक

    बरदुबई आरपी ढुंगेल  – कुनै पनि कार्यक्रमको प्रमुख अतिथि वा उदघाटन कार्यक्रमको शुभारम्भ विशिस्ट व्याक्तित्वबाट गर्ने परम्परालाई तोडदै बर दुबईको केन्द्र भागमै २८ फेब्रुअरीबाट संचालनमा आएको जिबिएच टुरिजमको समुदघाटन भएको छ । क्यारिफोर अगाडिको म्याकडाेनल्डसँगै खुलेको नेपाली व्यावसायी ज्ञानेन्द्रबहादुर कार्कीको ट्राभलको उदघाटन सोही मलमा काम गर्ने तीन जना क्लिनर्सहरुले संयुक्त रूपमा रिबन काटेर गरेका छन् ।
    २८ फेब्रुअरी शुक्रबार दिउँसो ३ बजे समुदघाटन भएको उक्त ट्राभललाई शुभकामना दिनका लागि युएईको सामाजिक र व्यावसायिक क्षेत्रका उच्च पदस्त व्याक्तित्वहरुको बाक्लो उपस्थिति देखिन्थ्यो तर सामान्य सरसफाइ गर्ने मजदुरको हातबाट ट्राभलको उदघाटन गराएर कार्कीले आफ्नो ट्राभलमा सर्वसाधारणहरुको अपनत्व देखाउन सफल भएका छन् ।

    युएईको नेपाली समुदायमा लामो समय समर्पित गरेका ज्ञानेन्द्र बहादुर कार्की आफैमा यस्तो भिजनरी व्याक्तित्वको नाम हो, जो युएईको पहिलो सामाजिक संस्था नेपाली समाज युएईको पुर्व अध्यक्ष भएर युएईको नेपाली समुदायमा आफ्नो फरक पहिचान बनाइसक्नुभएको छ । रोजगारीपछि आफ्नो व्यावसाय संचालन गरेर अरुलाई रोजगारी प्रदान समेत गरिरहनु भएका कार्कीले जिबि होलिडेज ट्राभल एन्ड टुरिजम संचालनको अनुभव लिइसक्नु भएको छ ।
    उदघाटन कार्यक्रम पछि करिब ३ मिनेट लामो भिडियाे सन्देश प्रदर्शन गरिएको थियो ।
    युएईको नेपाली व्यावसायिक इतिहासमै छोटो, सान्दर्भिक र फरक तरिकाले आफ्नो व्यावसायको शुरु गरेको भन्दै सहभागीहरुले संचालक कार्कीको तारिफ गरेका थिए ।

    भेटघाटको केन्द्रमै जिबिएच टुरिजम

    युएईका नेपालीहरुको भेटघाटको यस्तो केन्द्र नै बर दुबई हो, जहाँ पुग्दा नेपालीहरु नेपाल पुगेको अनुभुति गर्छन् । वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका नेपालीहरु बर दुबई नपुगेको विरलै होला । बर दुबई मिनी नेपाल हो । यहाँ नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । बर दुबईमा नेपालीहरुबाट संचालित धेरै व्यावसायिक संस्थाहरु छन् । रेस्टुरेन्टहरु छन्, जहाँ मौलिक नेपाली खाना पाइन्छन् । चकलेटका दोकान पनि नेपालीहरुले खोलेका छन् । नेपाली टोपीदेखि खुकुरी, सुनदेखि नुन पनि नेपालीले बेचिरहेका छछन् ।
    नेपाल जानका लागि आवश्यक हवाई टिकट चाहियो वा आफन्तलाई युएई घुमाउन भिसा चाहियो- बर दुबईमा प्रशस्तै नेपालीहरुद्वारा संचालित ट्राभलहरु पनि छन् ।
    नमस्ते ट्राभल, फिस्टेल ट्राभल, शुभयात्रा ट्राभल, सन एन्ड मुन ट्राभल, पिपल ट्राभल, सिटी लाइफ ट्राभल देखि २१ फेब्रुअरीबाट सेवा सुचारु गरेको क्विक एडभेन्चर ट्राभल पनि बर दुबईमै पाइन्छन् ।

    युएईका नेपाली लगायत अन्य समुदायलाई पनि बेलाबेलामा नेपाल टुरको प्याकेज चलाइरहनुभएका कार्कीले आफ्नो व्यवसायलाई विस्तार गर्दै जिबिएच टुरिजम एलएलसी संचालन गरेको जानकारी दिनुभएको छ ।

    नेपाली व्यावसायीको रोजाइमा ट्राभल व्यावसाय

    युएईको नेपाली व्यावसायिक क्षेत्रमा नयाँनयाँ व्यावसायिक व्याक्तित्वहरु व्यापार गर्न दिनानुदिन थपिदै छन् । रोजगारीको लागि जतिजति नेपालीहरु युएईमा बढिरहेका छन्, उतिउति व्यावसाय गर्ने नेपालीहरु पनि थपिइरहेका छन् । रेस्टुरेन्ट क्षेत्रमा धेरै नेपाली व्यावसायीहरुको लगानी देखिन्छ भने रेस्टुरेन्टपछि लगानीको क्षेत्रमा धेरै नेपाली व्यावसायीहरु ट्राभल र टुरिजमतर्फ आकर्षित भएका छन् ।
    यसै सिलसिलामा युएईका नेपालीहरुलाई उच्च प्राथमिकता राखेर युएईका सबैलाई छिटोछरितो र प्रभावकारी सेवा दिने उदेश्य बोकेर जिबिएच टुरिजम एलएलसी २८ फेब्रुअरीमा उदघाटन भएको हो ।

    भिजिट नेपाल २०२० लाई सहयोग गर्ने लक्ष्य

    नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर मनाइरहेको भिजिट नेपाल २०२० लाई सहयोग गर्न यस ट्राभलले सहयोग गर्ने संचालक कार्कीले बताउनुभएको छ । यो ट्राभलले युएईभन्दा बाहिर पनि पर्यटकहरुलाई ट्राभल गराउने अनुमति आउट बाउन्ड पर्मिट लिएका कारण युएईबाट वैधानिक रुपमा नेपाल टुर गराउने थोर ट्राभलहरुमा एक बन्न जिबिएच टुरिजम एलएलसी सक्षम भएको संचालक कार्कीले जानकारी दिनुभएको छ ।
    जिबि होलिडेज मार्फत संचालक कार्कीले नेपाल लगायत भिभिन्न देशका पर्यटकहरुलाई बाक्लै रुपमा दुबाईको टुर गराई सक्नु भएको छ भने कार्कीसँग युएईबाट अन्य समुदायलाई पनि बेलाबेलामा नेपाल टुरको प्याकेजमा पठाएको अनुभव छ । कार्कीले विगतको अनुभवलाई सिर्जनात्मक तरिकाले आफ्नो व्यवसायलाई विस्तार गर्दै जिबिएच टुरिजम एलएलसी संचालन गर्न लागेको जानकारी दिनुभएको छ ।

    अन्य ट्राभलहरु भन्दा सस्तो, सर्वसुलभ, अनि प्रभावकारी सर्भिस दिने योजनाका साथमा स्थापना हुन लागेको
    यस ट्राभलले हवाई टिकट, भिजिट भिसा, भिसा परिवर्तन, भिसा रिन्यु, होटेल बुकिङ, डेजर्ट सफारी, धौ क्रुज सफारी, नेपाल टुर प्याकेज लगायत सबै सुबिधा प्रदान गर्ने संचालक कार्कीले बताउनुभएको छ ।
    संचालक कार्कीका अनुसार युएईबाट युरोपका विभिन्न देशहरु साथै सिंगापुर, मलेसिया, जर्जिया थाइल्यान्ड, बाली, लगायत विस्वका चर्चित टुरिष्ट गन्तव्य घुमफिर गर्नेहरुका लागि टुर प्याकेज, हवाई टिकट लगायतका सबै व्यवस्थापन यो ट्राभलले गर्नेछ ।
    ट्राभलको उदघाटन कार्यक्रममा युएईका विशिस्ट व्याक्तित्व साथै नेपाली समुदायका प्रतिनिधिहरु, पत्रकारहरु र सर्वसाधारण नेपालीहरुको उपस्थिति रहेको थियो ।

    ओपनिङ अफर 

    सेवा शुभारम्भको अवसर पारेर आफ्ना सेवाहरुमा भारी डिस्काउन्ट सहितका विभिन्न अफरहरुको व्यवस्थापन गरिएको संचालक कार्कीले बताउनुभयो । टिकट खरिद, भिसा सेवा र विभिन्न टुर प्याकेजहरुमा उल्लेख अफरहरु रहेको र यो अफर निश्चित महिनासम्म रहने संचालकले जानकारी दिनुभएको छ । ओपनिङको अवसरमा ३ महिने भिजिज भिसा, बुर्ज खलिफा भ्रमण, धौ क्रुज, डेजर्ट सफारीमा भारी छुट दिइएको संचालक कार्कीले बताउनुभयो ।

    जिबिएच टुरिजम एलएलसीको उदघाटन कार्यक्रममा उपस्थिति जनाउने सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, व्यावसायिक व्याक्तित्वहरुलाई संचालक कार्कीले हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal