News Portal

गुल्मीका मृगाैला पीडित रजालीलाइ लुम्बिनी समाज कुवेतले गर्‍यो आर्थिक सहयोग

हिमाली संचार संवाददाता
९८४ पटक

कुवेत १६, २०२० फेब्रुअरी : लुम्बिनी समाज नेपाल कुवेतले गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ (साविक जुभुङ्ग गाबिस) का मृगौला पीडित २४ वर्षीय नारायण रजालीको उपचारमा आर्थिक सहयोग गरेको छ।

दुबै मृर्गौला प्रत्यारोपण गर्नका लागि आर्थिक समस्या भएपछि उक्त समाजका सदस्यहरूबाट संकलन गरी ७१,८०२/२६ (अक्षेरूपी एकहत्तर हजार आठ सय दुई रूपैयाँ छब्बीस पैसा) रुपैयाँ सहयोग गरिएको समाजका अध्यक्ष रमेश नेपाली (पाल्पाली)ले जानकारी दिए।

लुम्बिनी समाज नेपाल कुवेतले यस अघि पनि कुवेत लगायत लुम्बिनी क्षेत्रका दुःखी पीडितहरूको उद्वारमा आर्थिक सहयोग गर्दै आएको थियोे।

साथै मृगौला पीडित रजालीको उपचारका लागी वडा कार्यालयले आर्थिक सहयोगका लागि सबै मनकारी ब्यक्तित्वहरुलाई पनि अनुरोध गरेको छ।

वडा नम्बर २ का कार्यबाहक वडाध्यक्ष खिम बहादुर रजालीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ: “प्रस्तुत विषयमा यस गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ साविक जुभुङग गाविस वडा नम्बर ९ बस्ने इन्द्र बहादुर रजालीको छोरा वर्ष २४ को नारायण रजालीको दुबै मृगौला फेल भई मृगौला प्रत्यारोपण गर्नुपर्ने आवश्यक भएको साथै उक्त मृगौला प्रत्यारोपण गर्नको लागि ठूलो धनराशीको आवश्यक भएको र निजसँग प्राप्त धनराशी नभएकोले मिर्गौला प्रत्यारोपण हुन नसकेकोले नारायण रजालीको जीवन रक्षाकाे आर्थिक सहयोग गरिदिनु हुन सम्पूर्ण हार्दीक अनुरोध गरिन्छ।”

यी समाचारहरु पनि पढ्नुहोस।

लुम्बिनी समाज नेपाल कुवेतले १३ मार्चमा सातौं वार्षिकोत्सब मनाउदै

लुम्बिनी समाज नेपाल कुवेतको चौथौं अधिवेशन अगस्ट १६ मा हुँदै

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...