गुल्मीका मृगाैला पीडित रजालीलाइ लुम्बिनी समाज कुवेतले गर्यो आर्थिक सहयोग
कुवेत १६, २०२० फेब्रुअरी : लुम्बिनी समाज नेपाल कुवेतले गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ (साविक जुभुङ्ग गाबिस) का मृगौला पीडित २४ वर्षीय नारायण रजालीको उपचारमा आर्थिक सहयोग गरेको छ।
दुबै मृर्गौला प्रत्यारोपण गर्नका लागि आर्थिक समस्या भएपछि उक्त समाजका सदस्यहरूबाट संकलन गरी ७१,८०२/२६ (अक्षेरूपी एकहत्तर हजार आठ सय दुई रूपैयाँ छब्बीस पैसा) रुपैयाँ सहयोग गरिएको समाजका अध्यक्ष रमेश नेपाली (पाल्पाली)ले जानकारी दिए।

लुम्बिनी समाज नेपाल कुवेतले यस अघि पनि कुवेत लगायत लुम्बिनी क्षेत्रका दुःखी पीडितहरूको उद्वारमा आर्थिक सहयोग गर्दै आएको थियोे।
साथै मृगौला पीडित रजालीको उपचारका लागी वडा कार्यालयले आर्थिक सहयोगका लागि सबै मनकारी ब्यक्तित्वहरुलाई पनि अनुरोध गरेको छ।

वडा नम्बर २ का कार्यबाहक वडाध्यक्ष खिम बहादुर रजालीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ: “प्रस्तुत विषयमा यस गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ साविक जुभुङग गाविस वडा नम्बर ९ बस्ने इन्द्र बहादुर रजालीको छोरा वर्ष २४ को नारायण रजालीको दुबै मृगौला फेल भई मृगौला प्रत्यारोपण गर्नुपर्ने आवश्यक भएको साथै उक्त मृगौला प्रत्यारोपण गर्नको लागि ठूलो धनराशीको आवश्यक भएको र निजसँग प्राप्त धनराशी नभएकोले मिर्गौला प्रत्यारोपण हुन नसकेकोले नारायण रजालीको जीवन रक्षाकाे आर्थिक सहयोग गरिदिनु हुन सम्पूर्ण हार्दीक अनुरोध गरिन्छ।”

यी समाचारहरु पनि पढ्नुहोस।
लुम्बिनी समाज नेपाल कुवेतले १३ मार्चमा सातौं वार्षिकोत्सब मनाउदै










