News Portal

  • अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतकाे छैटौं वार्षिकोत्सब सम्पन्न

    हिमाली संचार संवाददाता
    ७७९ पटक

    कुवेत २५, २०२० जनवरी : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आफनो छैटो वार्षिक उत्सव तथा पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो सांस्कृतिक कार्यक्रम शुक्रबार कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सम्पन्न गरेको छ।

    कार्यक्रम समय बिहान ११ बजे भनेर पत्राचार गरेपनि कार्यक्रम शुरु १.४५ बजेबाट कार्यक्रम शुरुभएको थियो। कार्यक्रममा दर्शकको खासै उल्लेखनीय उपस्थिति भने थिएन। कार्यक्रम हेर्नको लागि दर्शकहरुलाई २ कुवेती डिनार तिर्नुपर्ने व्यवस्था गरेको थियो।

    नेपाली राजदुतावासका राजदूत दुर्गाप्रसाद भण्डारीलाई अन्तर्राष्ट्रिय कलाकार कुवेतका अध्यक्ष तथा सल्लाहकार उमेश पुडासैनी राजदूतावास उपस्थिति भएर कार्यक्रमको बारेमा पत्र दिएका थिए तर राजदूतले सिधै म कार्यक्रममा आउदिन भन्नुभयो।

    NGO द्वारा संचालित संस्थालाई च्यारिटी शो मा हामी आउन सक्दैन भनेर भन्नुभयो। राजदुत आउन नसक्ने भएपछि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष डोलराज न्यौपाने र साेहि संस्थाको सल्लाहकार उमेश पुडासैनी नेपाली राजदुतावासबाट फर्किनु भयाे।

    कार्यक्रम सफल पार्नको लागि कुवेतस्थित बिभिन्न नेपाली सँघसंस्थाका ब्यक्तिहरु बिशेषले सहयोग गरेका थिए।

    कार्यक्रमा अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगरलाई बाहिर गेटबाट भित्र स्टेजसम्म राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको टिम र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले स्वागत गरेका थिए।

    कार्यक्रमलाई संरक्षक एवम गायक बिबि मल्ल ठकुरी र सल्लाहाकार अमर खड्काले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।

    एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिहरुमा एनआरएनए मध्यपुर्व महिला संम्योजक सुमित्रा पौडेल, नेपाल पत्रकार महासंघ कुवेतका माहासचिब आनन्द आचार्य रहेका थिए।

    यसैगरी कुबेतमा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो। सभापति, प्रमुख अतिथी, बिशेष अतिथीहरुले संयुक्तरुपमा दिप प्रज्वलन गरि केक काटेर कार्यक्रमको उद्घाटन गरी नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो।

    संस्था सचिब एच पि गैह्रेले स्वागत मन्तव्यद्वारा उपस्थितलाई स्वागत गरेका थिए भने कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियोे।

    छैटो वार्षिक उत्सव तथा पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रमा प्रमुख अतिथि सुजन केसी, आदिवासी जनजाती महासंघ कुवेतका महासचिब मन्जित राई, नेपाल पत्रकार महासंघ कुवेतका माहासचिब आनन्द आचार्य लगयतले शुभकामना मन्तव्य दिएका थिए। भने संस्थाका माहसचिब माया बुढा मगरले English Speech दिनुभएकाे थियाे।

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजद्वारा आयोजित पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रको लागि नेपालबाट पल्नु भएका अतिथि कलाकार नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गायिका लाई आफनो प्रस्तुती दिन बोलाउदा दर्शकहरु आफ्नो ठाउँबाट उठेर सिठी र तालीले स्वागत गरेका थिए।

    गायिका सम्झनाले आफ्नो नयाँ तथा पुरा गीतहरु गाएर दर्शकहरुलाई नचाएकि थिईन। नेपालबाट पल्नु भएको अतिथी कलाकार सम्झना लामिछाने मगर, कार्यक्रमा प्रस्तुत गर्नु हुने अन्य कलाकारहरुलाई खादा दोसल्ला ओढाएर मायाको चिनो स्वरूप सम्मान गरिएको थियो।

    अतिथी कलाकारलाई मगर सँघ कुवेतले पनि मायाको चिनो र खादा, दोसल्ला ओढाएर सम्मान गरेको थियो।

    कार्यक्रमका अन्त्यमा सभापति अध्यक्ष डोलराज न्यौपानेले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु नेपालबाट पल्नु भएका अतिथि कलाकार कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघसंस्था, समाजसेवी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, कार्यक्रम समापनको घोषणा गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...