News Portal

डा.पवन चाम्लिङलाई ‘यलम्बर हाङ सम्मान’

सन्जिब कोयी
६९४ पटक

काठमाडौं, ०२, २०७६ माघ : सिक्किमका निवर्तमान मुख्यमन्त्री डा.पवन चाम्लिङ किरात राई यायोक्खाको औपचारिक निमन्त्रणामा काठमाण्डौ आएका छन्। भारतको सिक्किम राज्यमा २५ बर्ष लामो मुख्यमन्त्री समाल्दै अकल्पनीय परिवर्तन साथै विकास गरेका निवर्तमान मुख्यमन्त्री डा. चाम्लिङ सत्तामा हुँदा किरात भाषा, लिपि, संस्कार, संस्कृति र साहित्य विकासमा विशेष योगदान पुर्‍याएका हुनाले किरात राई यायोक्खाले “यलम्बर हाङ स्मृति सम्मान ५०८०” द्वारा सम्मन गरेको किरात राई यायोक्खाले जनाएको छ।

किरात सम्वत् यलेदोङ माघ १ गत्तेबाट परिवर्तन हुन्छ। यलेदोङ ५०७९ पुरा हुदै यलेदोङ ५०८० माध पहिलो दिनबाट शुरु भएको छ। डा. चम्मलिङ किरात समुदायका लागि विशेष योगदानकर्ता भएका हुनाले यले सम्वत् ५०८० अवसरमा किराँत राई यायोक्खाले डा.चाम्लिङलाई प्रमुख अतिथिको रुपमा काठमाण्डौ आमन्त्रण गर्दै “यलम्बर हाङ स्मृति सम्मान” (दुईलाख दुईहजार दुईसय बाईस रुपैया) नगदसहित विशेष सम्मान गरेको हो। 

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्मानित डा. पवन चाम्लिङले आफू तीर्थधामका लागि पितृ भूमिमा आएको बताउदै राष्ट्रियता र राष्ट्रिय राजनैतिक रुपमा आफू भारतीय भएपनि भाषा, संस्कार, संस्कृति र पहिचान किरात रहेको बताए।

डा. चाम्लिङ सत्तामा हुँदा किरात भाषा, लिपि, संस्कार, संस्कृति र साहित्य विकासमा विशेष योगदान पुर्‍याए हुनाले किरात राई यायोक्खाले “यलम्बर हाङ स्मृति सम्मान” द्वारा सम्मन गरेको हो। यस अघि नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान गर्ने दार्जिलिङका साहित्यकार इन्द्रबहादुर राई र वान्तावा भाषामा पीएचडी गर्ने डा.नोवलकिशोर राईलाई यो सम्मान प्रदान गरेको थियो।

डा.चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले सिक्किममा विगत २५ वर्ष शासन गर्दै सिक्किमका धेरै ठुलो विकास गरेको थियो। डा. चाम्लिङ लगातार २५ वर्षसम्म सिक्किममा मुख्यमन्त्री थिए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...