News Portal

दी भ्वोइस अफ नेपालको सबैभन्दा कान्छो प्रतिस्पर्धी सनिश श्रेष्ठ

दी भ्वोइसका प्रतिस्पर्धी सनिश श्रेष्ठको पक्षमा काठमाडौं, धरान र पोखरामा भोटिङ क्याम्प

हिमाली संचार संवाददाता
५९३ पटक

सुनसरी १७, २०७६ मंसिर : धरान उपमहानगरपालिका–१ की सुष्मा लिम्बू केहीदिन यता निकै व्यस्त छिन्। दोस्रो संस्करण शुरु भएदेखि नै दी भ्वोइस अफ नेपाल हेरिरहेकी सुष्मालाई काठमाडौं कोटेश्वरका सनिश श्रेष्ठ असाध्यै मन पर्छ।

र, सुष्माले दी भ्वोइसको उत्कृष्ट चारमा पुगेका सनिशलाई जिताउन धरानमा भोटिङ क्याम्प शुरु गरेकी हुन्। ‘मैले अघिल्लो साताबाटै सनिश श्रेष्ठका लागि भोटिङ क्याम्प शुरु गरेका हौं,’ सुष्माले भनिन्, ‘मैले सुरु गरेपछि अरुले पनि सनिशलाई भोट गर्न आह्वान गर्दै सहयोग गरिरहनु भएको छ।

त्यसैगरी, पोखरासहित कास्कीका विभिन्न क्षेत्रमा सनिशका लागि भोटिङ क्याम्प स्थापना गरेर स्थानीयबासीले भोट मागिरहेका छन्। ‘हामीले राम्रो प्रतिस्पर्धीले नै दी भ्वोइस अफ नेपाल जितेको हेर्ने चाहना अनुरुप यो भोटिङ क्याम्प सुरु गरेका हौं,’ पोखरा–२ का प्रमोद कोइरालाले भने, ‘सनिश श्रेष्ठले जितेपछि हामीलाई धन्यवाद दिन पक्कै आउनु हुनेछ।

यसैगरी, काठमाडौंमा पनि केही विद्यालय र सनिशका शुभचिन्तकले पनि उनको पक्षमा स्वतस्फुर्त रुपमा भोटिङ क्याम्प चलाइरहेका छन्। दी भ्वोइस अफ नेपालमा ब्लाइण्ड राउण्डदेखि नै जोडदार प्रस्तुति दिएर चर्चाको शिखरमा छन् काठमाडौं कोटेश्वरका सनिश श्रेष्ठ।

सनिशको आवाजमा त्यो जादु छ, जसले अहिल्यै लाखौं शुभेच्छुकको माया पाइसकेको छ। उनको सरल स्वभावले अझै धेरै सद्भाव बटुलिसकेको छ।

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको दी भ्वोइस अफ नेपालको फिनाले आगामी शनिबार हुँदैछ। कोच राजु लामाको टिममा रहेका सनिशको प्रस्तुति कोच एवम् वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल र आस्था राउतले पनि उत्कृष्ट भएको प्रतिक्रिया दिँदै आएका छन्।

दी भ्वोइस अफ नेपालको सबैभन्दा कान्छो प्रतिस्पर्धी सनिशले ब्लाइण्ड अडिशनमा प्रस्तुत गरेको ‘लै लै’ गीत ग्लोबल भ्वोइसमा समावेश भएको थियो।

दी भ्वोइसको एक चरण मात्रै बाँकी रहेकाले अब निर्णायक रुपमा सहयोग गर्न सनिशले आग्रह गरेका छन्। ‘मैले नेपाली सांगीतिक क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्ने सोच बोकेको छु,’ सनिशले भने, ‘त्यो सोच पूरा गर्न यहाँहरुको सहयोग अपरिहार्य बनेको छ।

त्यसो त आफ्ना हजुरबुवा कृष्णकुमार श्रेष्ठको प्रेरणाले सांगीतिक क्षेत्रमा पाइला अघि बढाएका सनिश भविष्यमा नेपाली संगीतका एक सशक्त नक्षत्र हुने संकेत मिलिसकेको छ।

दी भ्वोइसको विजेता बन्न भोट आवश्यक पर्ने भएकाले भोटिङ गरेर सहयोग पुर्‍याइदिन सनिशका बुवा विजय श्रेष्ठ र आमा जमुना ढकाल श्रेष्ठको आग्रह छ। सनिशको भोटिङ कोड ०९ रहेको छ।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...