News Portal

चितवन कांग्रेसले सर्वसम्मत सिफारिस गर्‍यो उपनिर्वाचनका लागि उम्मेदवार

हिमाली संचार संवाददाता
६७६ पटक

२७ असोज २०७६, चितवन : नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ।

कांग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ। उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन् । यस्तै सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ।

उम्मेदवारका लागि सिफारिस बस्नेत स्वर्गीय वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । यी दुवै नामलाई कांग्रेस वडा समितिले सर्वसम्मतरूपमा जिल्लामा सिफारिस गरेको छ।

यी दुवै वडामा कांग्रेसले विजयी हासिल गरेको थियो। केही वर्षअघि रत्ननगरबाट खैरहनीतर्फ फर्किने क्रममा रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा परी वडा नं ४ का तत्कालीन अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो।

यस्तै कांग्रेसले भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षका लागि पनि उम्मेदवार तय गरेको छ। कांग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ।

केही महीनाअघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। स्वर्गीय गुरुङ तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनले कांग्रेसका उम्मेदवार अमृत हमाललाई पराजित गरेका थिए। अहिले कांग्रेसले पुनः हमाललाई नै उम्मेदवारका लागि सिफारिस गरेको हो।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उपनिर्वाचनका लागि तीनवटै वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवारको नाम सिफारिस गरेकोले सोही नामहरु अनुमोदन हुने बताए।

उनले भने, “वडाबाटै सर्वसम्मत नाम आएपछि विवादको विषय नै नरहने, सिफारिस व्यक्तिलाई नै काङ्ग्रेसले उम्मेदवार बनाउँछ।” सभापति श्रेष्ठले निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार नै कांग्रेसले उम्मेदवारको नामावली औपचारिकरूपमा घोषणा गरिने बताए।

जिल्ला सभापति श्रेष्ठले खैरहनीको दुवै वडामा यसअघि कांग्रेसले जीत हासिल गरेकाले त्यहाँ पुनः जीत निश्चित जस्तै रहेको दाबी गरे। उनले काङ्ग्रेसको मुख्य ध्यान भरतपुर–१६ मा केन्द्रित रहेको बताए।

उनले भने, “खैरहनीमा हाम्रो जीत निश्चित जस्तै हो, भरतपुर–१६ मा जीत हासिल गर्ने गरी तयारी गरिरहेका छौँ।” निर्वाचन आयोगले करीब २ वर्षपछि उपनिर्वाचनको तयारी गरेको हो। रासस

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...