News Portal

नेकपालाई सीका पाँच सन्देश !

गुणात्मक सहयोगको अपेक्षा गर्छौं : अध्यक्ष प्रचण्ड

हिमाली संचार संवाददाता
५२८ पटक

२६ असोज २०७६, काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन्। भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए।

यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी थिए। स्रोतका अनुसार भेटमा राष्ट्रपति सीले मुख्यतः पाँच वटा विषयमा जोड दिएका छन्।

पहिलो : नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीनको सधैं साथमा रहनेछ।

दोस्रो : नेपाल र चीनको सम्बन्ध राम्रो छ र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ। दुई पार्टी (नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी)को सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्छ।

तेस्रो : चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवले भन्छ कि पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ। यो भयो भने मात्र चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ।

चौथो : अहिले हाम्रो धेरै प्रतिकुलता छ तर पनि हामी समाजवादको दिशामा नै अगाडि बढेका छौं। हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौं। हामीले जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन।

पाँचौं : नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलताहरु पनि छन्। त्यसमा ध्यान दिनुपर्छ।

गुणात्मक सहयोगको अपेक्षा गर्छौं : अध्यक्ष प्रचण्ड

राष्ट्रपति सीसँगको भेटमा नेकपा अध्यक्ष प्रचण्डले बोलेका थिए। उनले चीनसँगको सम्बन्धलाई आफ्नो पार्टीले महत्व दिने र राष्ट्रपतिको यो भ्रमणमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएको एक सचिवालय सदस्यले बताए।

उनले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतालाई व्यवहारमा नै देखाउने समेत बताए। प्रचण्डले नेपाल विकासको बाटोमा अगाडि बढ्ने प्रयास गरेको भन्दै यसमा चीनले अहिले गर्दैर् आएको सहयोगमा गुणात्मक वृद्धिको अपेक्षा गरेको समेत बताएका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...