News Portal

नेकपालाई सीका पाँच सन्देश !

गुणात्मक सहयोगको अपेक्षा गर्छौं : अध्यक्ष प्रचण्ड

हिमाली संचार संवाददाता
५८१ पटक

२६ असोज २०७६, काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन्। भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए।

यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी थिए। स्रोतका अनुसार भेटमा राष्ट्रपति सीले मुख्यतः पाँच वटा विषयमा जोड दिएका छन्।

पहिलो : नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीनको सधैं साथमा रहनेछ।

दोस्रो : नेपाल र चीनको सम्बन्ध राम्रो छ र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ। दुई पार्टी (नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी)को सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्छ।

तेस्रो : चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवले भन्छ कि पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ। यो भयो भने मात्र चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ।

चौथो : अहिले हाम्रो धेरै प्रतिकुलता छ तर पनि हामी समाजवादको दिशामा नै अगाडि बढेका छौं। हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौं। हामीले जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन।

पाँचौं : नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलताहरु पनि छन्। त्यसमा ध्यान दिनुपर्छ।

गुणात्मक सहयोगको अपेक्षा गर्छौं : अध्यक्ष प्रचण्ड

राष्ट्रपति सीसँगको भेटमा नेकपा अध्यक्ष प्रचण्डले बोलेका थिए। उनले चीनसँगको सम्बन्धलाई आफ्नो पार्टीले महत्व दिने र राष्ट्रपतिको यो भ्रमणमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएको एक सचिवालय सदस्यले बताए।

उनले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतालाई व्यवहारमा नै देखाउने समेत बताए। प्रचण्डले नेपाल विकासको बाटोमा अगाडि बढ्ने प्रयास गरेको भन्दै यसमा चीनले अहिले गर्दैर् आएको सहयोगमा गुणात्मक वृद्धिको अपेक्षा गरेको समेत बताएका छन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...