News Portal

साना, मझौला तथा घरेलु उद्योग फस्टाउँदै

हिमाली संचार संवाददाता
८५० पटक

काठमाडौं, २० भदौ : थोरै पूँजीबाट सुरु भएका घरेलु तथा साना उद्योगका उत्पादन पनि बजार प्रतिस्पर्धामा स्थापित हुने क्रममा छन्। साना उद्योगमा निर्माण हुने सुति तथा ढाकाको तयारी पोषाकमा आकर्षण बढेको छ।

त्यस्तै अचार, पोते, गहुँको छ्वाली, परालबाट बन्ने सामाग्री लगायतको माग बजारमा बढ्दै गएको साना उद्योगीहरु बताउँछन्।

साना, मझौला तथा घरेलु उद्योगीहरुले गुणस्तरीय र उपभोक्ताको रुची तथा समय अनुसारको डिजाइनमा तयारी कपडा उत्पादन गर्न थालेपनि नेपाली सुति तथा ढाकाको उत्पादनको माग भने बजारमा बढ्दै गएको छ।

२/४ बर्ष अधि सुति र ढाकाको कपडाबाट बनेका तयारी पोशाक विक्री गर्न समस्या हुने गरेकोमा पछिल्लोे समय कुनै समस्या नरहेको व्यवसायीहरु बताउँछन्।

त्यसैले पछिल्लो समय बढ्दै गएको नेपाली उत्पादनका वस्तुहरुको मागले साना, मझौला तथा घरेलु उद्योगीहरुको व्यवसायमा थप उर्जा मिलेको उद्योगीहरु बताउँछन्। पछिल्लो समय सुतिको कपडा प्रति पनि उपभोक्ताको चाहाना बढ्दै गएको उद्योगी व्यवसायीहरु बताउँछन्।

साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा विहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नेपाल एसएमबी व्यापार मेला’मा उल्लेख्य संख्यामा सुतिका कपडाका स्टलहरु देख्न सकिन्छ।

जाडो र गर्मी दुवै मौसममा लगाउन मिल्ने भएकाले पनि सुतीको कपडा प्रति आकर्षण बढेको उद्योगी व्यवसायीहरुको बुझाइ छ। सुति तथा ढाकाको कपडा बाहेक घरेलु उद्योगबाट निर्माण हुने अचार, ड्राइफुड लगायतको माग पनि बजारमा बढ्दै गएको उद्योगीहरु बताउँछन्।

अझ कतिपय वस्तुको माग विदेशमा समेत हुने गरेको छ। सानो लगानीमा सुरु गर्न सकिने घरेलु उद्योग जस्तै अचार बनाउने, पोते बनाउने, गहुँको छ्वाली, पराल आदीबाट बनाईने सामाग्रीको साथै ढाका र सुितका मझौला उद्योगका उत्पादनको प्रयोग बढ्दै गएको हो।

जसले गर्दा साना उद्योगीहरुको व्यवसाय मात्र बढेको छैन आम नागरिकलाई साना, मझौला तथा घरेलु उद्योग मार्फत स्वरोजगार बन्न प्रेरित गरेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...