News Portal

बाबु-आमाका लागि निको नहुने घाउ बन्यो छोरा निशानको हत्या

हिमाली संचार संवाददाता
७०१ पटक

रमेश गिरी
भक्तपुर – कागेश्वरी मनोहरा नगरपालिका वीरेन्द्र चोकस्थित किरियापुत्री बस्ने घर । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको बाबु गणेश र आमा चमेलीलगायतका आफन्त शोक मनाउँदै पीडामा बसिरहेका छन् ।

गणेश छोराको किरियामा बसेका छन् । आमा चमेली घट्ना भएको दिनदेखि आजसम्म पनि सम्हालि सक्ने अवस्था छैन । शोकमा डुबेको परिवारलाई सान्त्वना दिन जानेहरुले निशानको घट्नाकाबारेमा सोधिरहँदा उनको घाउ झन बल्झिए जस्तै हुन्छ ।

जतिखेर पनि “मेरो बाबु, मेरो छोरा” भन्दै छोराको सम्झनामा रोइरहने चमेलीका लागि जीवनभर निको नहुने घाउ बन्यो छोराको अपहरण र हत्या । “आमा म एकछिन खेलेर आउँछु है भन्दै खेल्न गएको छोरा फर्कदैन भन्ने के थाहा थियो र ?, मेरो बाबु म कसरी बिर्सनु ।” उनको पीडा उत्तिकै झल्कन्छ ।

मलेशियाबाट फर्कएका उनको श्रीमान् गणेश खड्काको अवस्था पनि उस्तै छ । सम्झाउन आउने र सान्त्वना दिन भेट्न आउनेसँग बोल्ने शब्द पनि छैन, उनिहरुको । किरियामा बसेका गणेश छोराको विभत्स हत्याले सृजना गरेको मनको घाउ बिर्सन नसक्ने अवस्थामा पुगेको उनका परिवारले बताउँछन् ।

अपहरणकारीले अपहरण गरी हत्या गरेको आठ दिन बितिसक्दा पनि यो परिवारको अवस्था बुझ्न र सान्त्वना दिन कुनै सरकारी टोली अहिलेसम्म त्यहाँ पुगेको छैन । चमेली भन्छिन् , “आठ दिन भयो, सरकारी टोली कोही आएका छैनन्, मलाई त्यसको वास्ता पनि छैन, म केही बोल्नसक्ने अवस्थामा छैन ।” उनि छोराको सम्झनामा भक्कानिएर रुदाँ भेट्न आउनेहरुको आँखा पनि रसाउने गरेको छ ।

शोक र पीडाले उनको अवस्था कमजोर बन्दै गएको चमेलीका भाइ रामकाजी सापकोटा बताउछन् । उनि भन्छन् , “घट्ना भएको दिनदेखि दिदीले आजसम्म खाना खानुभएको छैन, न त राम्ररी सुत्नु नै पाएको छ, कमजोर भइसक्नुभयो, सम्झाउँदा, बुझाउँदा पनि आमाको मन न हो कसरी मान्थ्यो र ?”

निशानका बाबु गणेशको मलेसियाबाट सिधैँ आर्यघाट पुगेर छोराको दाहसंस्कार गरेर आएपछि टोलाउने गरेको उनि बताउछन् । छोराको शोकले बाबुलाई पनि निकै पिरोलेको छ, उनि भन्छन् , “निशानका साना दुई दिदीको पीडा पनि उस्तै छ, सानो भाइ गुमाउँदाको पीडाले ती साना नानीहरुको आँखा पनि ओभाएको छैन, सापकोटा भन्छन् ।”

बुढेसकालमा पुगेका चमेलीका बुवा मीनबहादुर सापकोटाको अवस्था पनि उस्तै छ । नातीको सम्झनामा टोलाउने, बेलाबेलामा अरुलाई सम्झाउँदै आफू पनि रुने गर्दा पीडा सधैँका लागि निको नहुने घाउ बनेर बसेको उनि बताउछन् । दिउँसो होस् वा राति बेला बेलामा चमेलीले मेरो छोरा भन्दै रुने गरेको बताउँदै चमेलीको परिवार, माइतीपरिवार र घरका परिवार तीनवटै ठाउँका आफन्त शोकमा डुबेको सापकोटा बताउछन् ।

सरकारी टोली र सरकारले पीडितका बारेमा बेवास्ता गरेको आफन्तको गुनासो छ । चमेलीका भाइ रामकाजी सापकोटा भन्छन् , “अहिलेसम्म कोही सरकारी टोली भेट्न आएका छैनन्, अवस्था बुझ्न पनि कोही आएका छैनन्, अब के गर्ने भन्नेबारेमा केही सल्लाह भएको छैन, १३ दिनको किरिया सकिएपछि यसबारेमा केही कुरा होला, अहिले त्यतातिर ध्यान दिएका छैनौ ।”

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले औपचारिक रुपमा पीडित बालकको परिवारलाई भेट्न नगए पनि अनौंपचारिक रुपमा सम्पर्कमा रहिरहेको बताए । उनले भने, “घटनाप्रति सरकार दुःखी छ, सरकारको सहानुभूति पनि छ, उहाँहरु अहिले शोकमा हुनुहुन्छ, किरियामा हुनुहुन्छ, किरिया सकिएपछि भेटघाट होला ।”

गत २० गते आइतबार काठमाडौँ महानगरपालिका– ३२ काँडाघारीबाट करीब ५ बजे खेल्न गएका निशानको अपहरण गरी हत्या गर्ने सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट समरीका २४ वर्षीय अजय तामाङ सोही दिन प्रहरीको गोली लागेर मारिएका थिए ।

बालकको शव भने बुवा गणेश मलेशियाबाट फर्किएपछि २४ गते पुशपति आर्यघाटमा दाहसंस्कार गरेका थिए । अपहरणकारी दुबैको शव पनि आफन्तले बुझेर दाहसंस्कार गरेका छन् । रासस

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...