News Portal

  • खुल्ला राष्ट्रिय हाफ म्याराथुन बिजेता धाविका चन्दलाई सम्मान तथा पुरस्कार

    हिमाली संचार संवाददाता
    ८९५ पटक

    कर्ण अधिकारी/काठमाण्डौ, १० भदौ : दिब्य ज्वति कलव फाटियाद्वारा आयोजित पाँचौ गौरा पर्व भब्यताको साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा बिभिन्न खेलहरू खेलाईनुका साथै मनोरञ्जन र सामाजिक संस्कार रीतिरीवाज र परम्परालाई संरक्षण गर्नका लागि नाचगान समेत गरीएको थियो।

    कार्यक्रममा बिजेता खेलाडीहरू साथै धाविका रेखा चन्दलाई सम्मान तथा पुरस्कार बितरण गरीएको थियो। रेखा चन्दले खुल्ला राष्ट्रिय हाफ म्याराथुनमा पहिलो स्थान हासिल गरेकी थिईन्।

    उक्त पुरस्कार बितरण कार्यक्रमका संयोजक पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्त बिदेशी भूमि मकाउबाट उक्त कार्यक्रममा पुगि चन्दलाई दोसल्ला ओढाएर ट्रयाक सुट र नगद २६ हजार ३ सय हस्तान्तरण गरेका थिए।

    कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद एवं संबिधान सभाका सदस्य दिवान सिंह बिष्ट,बिशेष अतिथि बेलौरी १ का वडाध्यक्ष रतन शाही लगायत बिभिन्न राजनितिक दलका नेताहरू साथै हजारौ स्थानीयहरूको उपस्थिति रहेको थियो। उक्त पुरस्कारको राशी बिदेशी भूमिमा रहेका स्थानीयहरूको पहलमा संकलन गरीएको थियो।

    धाविका चन्दले बेलौरीका नाम राख्न सफल भएकोमा खुशी ब्यक्त गर्दै आउँदा दिनहरूमा देशकै नाम राख्न सक्ने छिन भन्नेमा पूर्ण बिश्वास गर्छन पदम सिंह पन्त। कार्यक्रमको ब्यबस्थापन बिक्रम चन्दले गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal