News Portal

सिम्ता गाउँपालिकाले प्रधानमन्त्री रोजगारदातालाई महिना दिन काम गरेको ज्याला दिएन

हिमाली संचार संवाददाता
७६१ पटक

इन्द्र बुढाथोकी
सल्यान २२ साउन : सुर्खेत सिम्ता गाउँपालिकामा प्रधानमन्त्री रोजगारमा काम गरेका लेवरले एक महिना सम्म काम गरेको ज्याला नपाएको भन्दै गुनासो गरेका छन। गत आर्थिक वर्ष २०७५/२०७६ असार भित्रै योजना सम्पन्न गरि ज्याला पाउनु पर्नेमा सिम्ता गाउँपालिका ९ वडाका १७ योजनामा काम गर्ने २०३ जना ज्यामिले काम गरेको पैसा पाएका छैनन् ।

आफुहरु बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म काम गरे पनि पैसा नपाएको जुम्लेखाली पोखरी निर्माणका संयोजक मोहन चन्दले जानकारी दिएका छन। उहाले भन्नु भयो म लगाएत सिम्ता गाउपालिका भित्रका ९ वडाका २०३ जना हामी काम गरि खाने ज्यामिले १ महिना बित्नै लाग्दा पनि असारमा पाउने पैसा अहिले सम्म पनि नपाएको भन्दै दुख व्यक्त गरे।

स्थानीय सरकारले नै हामी काम गरि खाने वर्गलाई ठगे पछि अन्यले पनि हामीहरुलाइ यसरी नै श्रम शोषण गरेर ठग्नमा झन बल पुग्ने अर्का ज्यामी दिल बहादुर वलिले बताएका छन। हामीलाई नै ठग्ने गरेको भन्दै वलिले दुख व्यक्त गरेका छन ।

यता सिम्ता गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक हरि बहादुर बुढाले काम गर्ने लेबरले पैसा नपाएको स्विकार्दै आफुहरुले गाउपालिका भित्र १७ वडा योजनाको कुनै पनि भुक्तानी नभएको बताएका छन ।

गाउँपालिकाको खातामा आएको सबै पैसा अन्यत्र खर्च भएको र केन्द्र सरकारबाट आउने राजस्व बाडफाडको १ करोड ५० लाख गाउँपालिकामा आउन बाकि रहेकोले काम गरेको ज्यामिको भुक्तानी पैसा पाउन बाकी रहेको जानकारी दिएका छन। आफ्नो गाउँपालिका २५ लाख पैसा आएको तर प्राविधिक स्टमेट अनुसार १५ लाख मात्रै खर्च भएको बताएका छन ।

केन्द्र सरकारले गाउँपालिकाको खातामा बजेट पठाएको र सबै अधिकार गाउँपालिकालाई भएका कारण आफ्नो क्षेत्रको पैसा पनि आफुले गाउँपालिकाले अन्य योजनामा दिएकाले अहिले समस्या आएको रोजगार संयोजक बुढाले जानकारी दिएका छन।

उता सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले पनि आफुहरुले काम गराएर पैसा नदिएको सत्य भएको भन्दै स्विकार्दै उनले भने हामीलाई केन्द्र सरकारलेनै ठगेका कारण हामीलाई समस्या भएको बताएका छन ।

गाउँपालिकालाइ केन्द्र सरकारले दिने १ करोड ५० लाख राजस्व बाडफाडको बजेट दिन बाकी रहेकोले यस्तो समस्या आएको अध्यक्ष केसिले बताएका छन।

गाउँपालिकामा प्रधानमन्त्री रोजगार १७ वटा योजना सहित गाउँपालिकाका अन्य योजना गरि गाउँपालिका बाट १ करोड ५० लाख भुक्तानी गर्न बाकी रहेको अध्यक्ष केसिले बताएका छन।

केन्द्र सरकारले २५ गते भित्र राजस्व बाडफाडको पैसा गाउँपालिकाको खातामा पठाउन साथ आफुहरुले तत्काल काम गरेका ज्यामी लगाएत अन्य योजनाको बजेट भुक्तानी गरिदिने गाउँपालिका अध्यक्ष केसिले बताए।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...