News Portal

नेपाल प्रवासी आदिवासी जनजाति महासंघको १३औं स्थापना दिवस दोहामा मनाइयो [फोटो फिचर]

हिमाली संचार संवाददाता
१००९ पटक

कतार, २९ जुलाई : नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको “१३ औं स्थापना दिवस कार्यक्रम २०१९” महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलको अध्यक्षता, विशेष सल्लाहकार सियाराम चौधरीको प्रमुख आतिथ्यतामा, सल्लाहकारहरुको विशेष आतिथ्यता र विभिन्न मातृ संस्थाहरुको आतिथ्यतामा दोहा स्थित द गोर्खा रेस्टुरेण्टमा अत्यन्तै सौहार्द्द वातावरणमा सभ्य र भव्य रुपमा गत शुक्रवार सम्पन्न भयो।

बिगतमा रक्तदान जस्ता विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको महासंघ कतारले १३ औं स्थापना दिवस शुक्रबार एक औपचारिक कार्यक्रम गरि मनाएको किरात राई यायोक्खा शाखा कतारका महासचिव शंकरमान राईले जानकारी दिए।

कार्यक्रममा महासंघ कतारमा आबद्ध १० वटा जातीय संस्थाहरुले सहभागिता जनाएका थिए। किरात याक्थुम चुम्लुङ कतार, तमु (गुरुङ) समाज कतार, किरात राई यायोक्खा शाखा कतार, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार, सुनुवार सेवा समाज शाखा कतार, प्रवासी भुजेल समाज कतार, नेवा पुःच कतार, माझि सेवा समाज कतार, नेपाली धानुक समाज कतार र नेपाल सेर्पा किदुग दोहा कतारको उपस्थिति रहेको थियो ।

आदिवासी जनजाति महासघ कतारका अध्यक्ष शिवकुमार भुजेलले कार्यक्रममा उपस्थित सम्पुर्ण मातृसंस्था लगायत कतारमा स्थापित अन्य संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै कार्यक्रममा एकबद्धता जनाउनु हुने सम्पूर्ण संस्था प्रमुख तथा प्रतिनिधिहरु र सामाजिक व्यक्तित्वहरुप्रति धन्यवाद व्यक्त गरेका थिए ।

थप तस्बिरहरु :

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...