News Portal

नेपाल प्रवासी आदिवासी जनजाति महासंघको १३औं स्थापना दिवस दोहामा मनाइयो [फोटो फिचर]

हिमाली संचार संवाददाता
८९२ पटक

कतार, २९ जुलाई : नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको “१३ औं स्थापना दिवस कार्यक्रम २०१९” महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलको अध्यक्षता, विशेष सल्लाहकार सियाराम चौधरीको प्रमुख आतिथ्यतामा, सल्लाहकारहरुको विशेष आतिथ्यता र विभिन्न मातृ संस्थाहरुको आतिथ्यतामा दोहा स्थित द गोर्खा रेस्टुरेण्टमा अत्यन्तै सौहार्द्द वातावरणमा सभ्य र भव्य रुपमा गत शुक्रवार सम्पन्न भयो।

बिगतमा रक्तदान जस्ता विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको महासंघ कतारले १३ औं स्थापना दिवस शुक्रबार एक औपचारिक कार्यक्रम गरि मनाएको किरात राई यायोक्खा शाखा कतारका महासचिव शंकरमान राईले जानकारी दिए।

कार्यक्रममा महासंघ कतारमा आबद्ध १० वटा जातीय संस्थाहरुले सहभागिता जनाएका थिए। किरात याक्थुम चुम्लुङ कतार, तमु (गुरुङ) समाज कतार, किरात राई यायोक्खा शाखा कतार, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार, सुनुवार सेवा समाज शाखा कतार, प्रवासी भुजेल समाज कतार, नेवा पुःच कतार, माझि सेवा समाज कतार, नेपाली धानुक समाज कतार र नेपाल सेर्पा किदुग दोहा कतारको उपस्थिति रहेको थियो ।

आदिवासी जनजाति महासघ कतारका अध्यक्ष शिवकुमार भुजेलले कार्यक्रममा उपस्थित सम्पुर्ण मातृसंस्था लगायत कतारमा स्थापित अन्य संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै कार्यक्रममा एकबद्धता जनाउनु हुने सम्पूर्ण संस्था प्रमुख तथा प्रतिनिधिहरु र सामाजिक व्यक्तित्वहरुप्रति धन्यवाद व्यक्त गरेका थिए ।

थप तस्बिरहरु :

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...