News Portal

विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले जित हात पार्‍यो

हिमाली संचार संवाददाता
५९५ पटक

एजेन्सी : आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तान विरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पाकिस्तानले दुई बल बाँकी छँदा भेटायो।

पाकिस्तानको जितमा इमाद वसिमले सबैभन्दा धेरै ४९ रन योगदान गरे । उनी म्यान अफ द म्याच बने । बाबर आजमले ४५ र इमाम उल हकले ३६ रन बनाए । अफगानिस्तानका लागि मुजिब उर रहमान र मोहम्मद नबीले दुई-दुई तथा राशिद खानले एक विकेट लिए।आठ खेलमा पाकिस्तान चार जित, तीन हार र एक बराबरीसहित नौ अंकका साथ चौथो स्थानमा आएको छ । जारी विश्वकपमा अफगानिस्तानले भने लगातार आठौं हार व्यहोरेको छ ।

अफगानिस्तानका बलरले शानदार बलिङ गरेका थिए । जसका कारण पाकिस्तानका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन् । पहिलो ओभरमै मुजिब उर रहमानले पाकिस्तानका फखर जमानलाई आउट गरेर पाकिस्तानको शुरुवाती खेल बिगारिदिएका थिए । त्यसपछि इमाम उल हक र बाबर आजमले टिमलाई सम्हाल्ने कोशिस गरे । यी दुई पनि धेरैबेर टिक्न सकेनन् र पबेलियन फर्किए ।

त्यसपछि मोहम्मद हफिज (१९), हरिस सोहेल (२७) र कप्तान सरफराज अहमद (१८) ले पनि राम्रो रन बनाउन सकेनन् । तर इमाद वसिम (नटआउट ४९) ले पारी सम्हाले र अन्तिममा वहाब रियाजसँग मिलेर उनले पाकिस्तानलाई जित दिलाए । यद्यपि उनी अर्धशतक बनाउन एक रनले चुके ।

अफगानिस्तानको तर्फबाट स्पीनर मुजिब उर रहमान, मोहम्मद नबी र राशिद खानले शानदार बलिङ गरे ।
पहिले ब्याटिङ गर्ने अफगानिस्तानको निर्णय सही साबित भएन । उसले २७ रनको स्कोरमा २ विकेट गुमाइसकेको थियो । ओपरन रहमत शाहले ३५ रन भन्दा बढी बनाउन सकेनन् । टिमको स्कोर जब ५७ रन हुँदा उनी पनि आउट भए ।

इमराम अली खिल २४, असगर अफगान ४२, मोहम्मद नबीले १६, नजिबुल्लाह जादरान ४२ र समिउल्लाह सेनवारीले १९ रन बटुल्दै अफगानिस्तानलाई सम्मानजक स्कोरसम्म पुर्‍याए। पाकिस्तानको बलिङ पनि शानदार रह्यो । शाहीद अफि्रदीले १० ओभरमा ४८ रन दिएर चार विकेट झारे । यसैगरी इमाद वसिम र वहाब रियाजले दुई-दुई विकेट लिए । एक विकेट शादाब खानको नाममा रह्यो ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...