News Portal

विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले जित हात पार्‍यो

हिमाली संचार संवाददाता
५३६ पटक

एजेन्सी : आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तान विरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पाकिस्तानले दुई बल बाँकी छँदा भेटायो।

पाकिस्तानको जितमा इमाद वसिमले सबैभन्दा धेरै ४९ रन योगदान गरे । उनी म्यान अफ द म्याच बने । बाबर आजमले ४५ र इमाम उल हकले ३६ रन बनाए । अफगानिस्तानका लागि मुजिब उर रहमान र मोहम्मद नबीले दुई-दुई तथा राशिद खानले एक विकेट लिए।आठ खेलमा पाकिस्तान चार जित, तीन हार र एक बराबरीसहित नौ अंकका साथ चौथो स्थानमा आएको छ । जारी विश्वकपमा अफगानिस्तानले भने लगातार आठौं हार व्यहोरेको छ ।

अफगानिस्तानका बलरले शानदार बलिङ गरेका थिए । जसका कारण पाकिस्तानका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन् । पहिलो ओभरमै मुजिब उर रहमानले पाकिस्तानका फखर जमानलाई आउट गरेर पाकिस्तानको शुरुवाती खेल बिगारिदिएका थिए । त्यसपछि इमाम उल हक र बाबर आजमले टिमलाई सम्हाल्ने कोशिस गरे । यी दुई पनि धेरैबेर टिक्न सकेनन् र पबेलियन फर्किए ।

त्यसपछि मोहम्मद हफिज (१९), हरिस सोहेल (२७) र कप्तान सरफराज अहमद (१८) ले पनि राम्रो रन बनाउन सकेनन् । तर इमाद वसिम (नटआउट ४९) ले पारी सम्हाले र अन्तिममा वहाब रियाजसँग मिलेर उनले पाकिस्तानलाई जित दिलाए । यद्यपि उनी अर्धशतक बनाउन एक रनले चुके ।

अफगानिस्तानको तर्फबाट स्पीनर मुजिब उर रहमान, मोहम्मद नबी र राशिद खानले शानदार बलिङ गरे ।
पहिले ब्याटिङ गर्ने अफगानिस्तानको निर्णय सही साबित भएन । उसले २७ रनको स्कोरमा २ विकेट गुमाइसकेको थियो । ओपरन रहमत शाहले ३५ रन भन्दा बढी बनाउन सकेनन् । टिमको स्कोर जब ५७ रन हुँदा उनी पनि आउट भए ।

इमराम अली खिल २४, असगर अफगान ४२, मोहम्मद नबीले १६, नजिबुल्लाह जादरान ४२ र समिउल्लाह सेनवारीले १९ रन बटुल्दै अफगानिस्तानलाई सम्मानजक स्कोरसम्म पुर्‍याए। पाकिस्तानको बलिङ पनि शानदार रह्यो । शाहीद अफि्रदीले १० ओभरमा ४८ रन दिएर चार विकेट झारे । यसैगरी इमाद वसिम र वहाब रियाजले दुई-दुई विकेट लिए । एक विकेट शादाब खानको नाममा रह्यो ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...