News Portal

भाजपाको बहुमत सुनिश्चित, अहिलेसम्म कसको कति सिट ?

हिमाली संचार संवाददाता
५१४ पटक

भारत –भारतीय लोक सभाको निर्वाचनको बिहीबार राती अबेरसम्मको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत आउने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा १७९ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले ३९ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य १६९ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको ४८ स्थानमा अग्रता रहेको छ ।
यस्तै बहुजन समाज पार्टी र समाजवादी पार्टीको गठबन्धनले ८ स्थानमा जित र ८ स्थानमै अग्रता बनाएको छ ।

इन्डिया त्रिनामुल कङ्ग्रेसले ८ स्थानमा विजयी बनेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ । एजेएसयू पार्टीले एक स्थानमा अग्रता लिएको छ । त्यस्तै अल इन्डिया अन्ना द्रविडा मुन्नेत्र खाजागमले दुई स्थान र आम आदमी पार्टीले एक स्थानमा अग्रता लिएको छ ।

यर्सगरी भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी्र) ले तीन स्थानमा अग्रता लिएको छ भने हिन्दूवादी शिवसेना ले छ स्थानमा विजय हाँसिल गरेको छ भने १२ स्थानमा अग्रता देखिएको छ । लोकजन शक्ति पार्टीले दुई स्थानमा विजय हाँसिल गरेको भने बाँकी चार स्थानमा अग्रता लिएको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४२ स्थानका लागि चुनाव भएको थियो ।

लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...