News Portal

  • सदनमा गगन थापाको हुँकार: ‘सडक र सदनबाट सरकारलाई आश्चर्यचकित बनाउँछौं’

    हिमाली संचार संवाददाता
    ३९० पटक

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारलाई बधाई दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सरकारले आफूसँग निहुँ खोज्ने जोगी डाक्टरलाई देखाइदिँदा धेरै खुसी लागेको भन्दै व्यङ्ग्यात्मक रुपमा बधाई दिएका हुन् ।

    थापाले भने,‘एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ । सरकारको अपार सफलतामा माननीय सांसदहरु खुसी नहुने कुरै भएन तर, खुसी हुनेहरुको लाममा अरु पनि उभिएका रहेछन् ।’ साथै उनले कांग्रेसको विरोधका बीच विधेयक पारित गर्ने लागि परेका सत्ता पक्षका सांसद्हरुप्रति पनि व्यङ्ग्य गरे ।

    ‘मेडिकल शिक्षाका नाममा विद्यार्थी विदेश पठाउने, खडेबाबा डाक्टर र बिरामी खडा गरेर मेडिकल कलेज चलाउने, गौरीबहादुर कार्कीको न्यायिक आयोगले डामेकाहरु सबै खुसी भएका छन्  । लोकमानसिंह कार्कीदेखि कालिकास्थानको टहरामा मेडिकल कलेज सञ्चालन गर्नेसम्म खुसी भएका छन् । यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ’, थापाको भनाइ थियो ।

    मार्सीमोहनका लागि​ दुई तिहाईको दम्भ देख्न पाइयो

    आफूहरुले दुई तिहाईको दम्भ भन्दै आएपनि अहिलेसम्म देख्न नपाएको बताए । उनले भने, ‘अनाथ बालबालिकाका निम्ति विशेष सामाजिक सुरक्षाको कानून बनाउँदा देख्न पाएनौं । भूमिहीन दलितका लागि संशोधन हाल्दा देख्न पाइएन ।’

    ‘प्रचण्ड सरकारकै पालामा चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम संशोधन गरेर मानमोहन अधिकारी चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेर संसदले कानून बनाउन मात्र बाँकी रहेको थियो  । कमरेड मनमोहनका लागि दुई तिहाई देख्न पाइएन ।

    कमरेड मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो । सरकार र सरकार बनाउने पार्टीलाई बधाई छ ।’  उनले चिकित्सा शिक्षा विधेयकमा प्याल रहेको भन्दै त्यो प्यालबाट सरकारले बेमानी गर्ने खोजे नछाडने चेतावनी पनि दिए ।

    काँग्रेसले सरकारलाई आश्चर्यचकित बनाउँछ

    प्रधानमन्त्रीले आफूले भ्रष्टाचारीको अनुहार नहेर्ने बताएको सन्दर्भ उल्लेख गर्दै थापाले अब प्रम ओलीले ऐना हेर्न पनि बन्द गर्नुपर्ने होकि भनेर प्रश्न गरे । अर्थतन्त्र संकटउन्मुख रहेको र कुनैपनि बेला ढल्न सक्नेभन्दै गगनले प्रधानमन्त्रीको इमानमा ठेस र विश्वासमा डडेलो लागेको बताए । आफ्नो दायाँबायाँ सबैतिर भ्रष्टाचारी रहेपनि प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै हेर्दिन भन्दा आफूलाई चिन्ता लागेको उनको भनाइ छ ।

    ’प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै हेर्दिन भन्नुभयो, तर उहाँको दायाँबायाँ सबैतिर भ्रष्टाचार छ । जलविद्युतमा भ्रष्टाचार, विमानमा भ्रष्टाचार मलाई त डर लाग्न थालेको छ ।,’ उनले भने ।  प्रधानमन्त्री केपी ओलीले संसारलाई नेपालले आश्चर्यचकित बनाएको बताएको सन्दर्भ उल्लेख गर्दै अब विपक्षी काँग्रेसले सरकारलाई आश्चर्यचकित बनाउने बताए ।

    उनले भोलीदेखि काँग्रेसले संसद् र सडकबाट सरकारलाई आश्चर्यचकित बनाइदिने तर्क गरे ।  थापाले भने, ‘सरकारले प्रतिपक्षी खोजेको होइन । प्रतिपक्षी कहाँ छ भनेर देखाउँछ । सरकारलाई आश्चर्य चकित पार्ने पालो अब हाम्रो ।’
    भेनेजुएला सन्दर्भ इंगित गर्दै थापाले भने ‘सरकारले जहाँ बोल्नु पर्ने त्यहाँ बोल्दैन, जहाँ नबोल्नु पर्ने त्यहाँ बोल्छ ।’

    सरकारलाई संसद खुराउने चिन्ता छैन्

    सदन खुलाउने विषयमा सरकार चिन्तित नभएको बताउँदै थापाले आफूहरु जिम्मेवार भएकोले सदन खुलाएको बताए । ‘सरकारलाई चिन्ता छैन सदन चलाउने विषयमा तर हामीलाई चिन्ता छ । हामी जिम्मेवारी भएर अगाडि बढ्दै छौं । हामी जवाफदेही राजनीति गर्छौ ।’ थापाले संसदमा भने, ‘सदन चल्छ तर हाम्रो सम्बन्ध हिजोको जस्तो रहँदैन ।

    हामीसँग सदनमा जस्ता व्यवहार गरिएको छ । त्यो व्यवहार एउटा दुईवटा घटनाबाट हामी बिर्सिन सक्दैनौं । हामी सम्झि रहने छौं । सरकारले जे व्यवहार गरेको छ, त्यो अनुसार सरकारलाई ठिक पार्ने पनि छौं ।’ गगन थापाले बोलेसँगै माघ ८ गतेदेखि अवरुद्ध संसद पूर्णरुपमा सुचारु भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...