News Portal

हिमाली जिल्ला डोल्पा र हुम्लाका जेष्ठ नागरिकलाइ हवाइ भाडामा छुट

हिमाली संचार संवाददाता
६५८ पटक

टेकबहादुर शाही
डोल्पा : कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने कार्य सुरु भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई हवाइ टिकटमा १ हजार सहुलियत दिन सुरु गरेको हो।

कर्णालीका अन्य जिल्लामा सडक सञ्जाल जोडि सकेको भएपनि हुम्लामा भने अझै सडक सञ्जालमा जोडिएको छैन। डोल्पा सडक सञ्जालमा पूर्ण रुपमा जोडिएको छैन।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए अनुसार डोल्पा र हुम्लाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई छुट दिने गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए। मन्त्री बुढाले भने -‘चालु आर्थिक वर्षमा हवाई भाडामा छुट दिन १ करोड बजेट बिनियोजन गरिएको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा हिमाली दुई जिल्ला डोल्पा र हुम्लामा हवाइ भाडामा सहुलियत दिने र प्रदेश राजधानी सुर्खेतबाट पहाडी तथा हिमाली जिल्लामा उडान भर्ने जहाजलाइ इन्धनमा सहुलियत दिने घोषणा गरिसकेको मन्त्री बुढाले जानकारी दिए।

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले परिचय खुल्ने परिचपत्र र सक्कल नागरिकता अनिवार्य बोक्नु पर्ने र हवाइ उडान गर्ने कम्पनीले टिकटमा छुट दिएपछि अभिलेख राखेर मन्त्रालयबाट भुक्तानी लिने कार्यविधिमा उल्लेख गरिएको मन्त्रालयले जानकारी दिएको छ।

सेवा प्रदान गरेबापत जहाज कम्पनीले यात्रुबाट बोर्डिङ पास प्रिन्ट वा ई-कपी टिकट राखेर अभिलेख र लेखा परीक्षणसहित पेश गरेर मन्त्रालयबाट भुक्तानी लिने छ। यो सेवा नेपालगञ्ज, सुर्खेत जुनसुकै विमानस्थलबाट यात्रा गरे पनि पाउने छन्।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...