News Portal

हिमाली जिल्ला डोल्पा र हुम्लाका जेष्ठ नागरिकलाइ हवाइ भाडामा छुट

हिमाली संचार संवाददाता
५९६ पटक

टेकबहादुर शाही
डोल्पा : कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने कार्य सुरु भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई हवाइ टिकटमा १ हजार सहुलियत दिन सुरु गरेको हो।

कर्णालीका अन्य जिल्लामा सडक सञ्जाल जोडि सकेको भएपनि हुम्लामा भने अझै सडक सञ्जालमा जोडिएको छैन। डोल्पा सडक सञ्जालमा पूर्ण रुपमा जोडिएको छैन।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए अनुसार डोल्पा र हुम्लाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई छुट दिने गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए। मन्त्री बुढाले भने -‘चालु आर्थिक वर्षमा हवाई भाडामा छुट दिन १ करोड बजेट बिनियोजन गरिएको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा हिमाली दुई जिल्ला डोल्पा र हुम्लामा हवाइ भाडामा सहुलियत दिने र प्रदेश राजधानी सुर्खेतबाट पहाडी तथा हिमाली जिल्लामा उडान भर्ने जहाजलाइ इन्धनमा सहुलियत दिने घोषणा गरिसकेको मन्त्री बुढाले जानकारी दिए।

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले परिचय खुल्ने परिचपत्र र सक्कल नागरिकता अनिवार्य बोक्नु पर्ने र हवाइ उडान गर्ने कम्पनीले टिकटमा छुट दिएपछि अभिलेख राखेर मन्त्रालयबाट भुक्तानी लिने कार्यविधिमा उल्लेख गरिएको मन्त्रालयले जानकारी दिएको छ।

सेवा प्रदान गरेबापत जहाज कम्पनीले यात्रुबाट बोर्डिङ पास प्रिन्ट वा ई-कपी टिकट राखेर अभिलेख र लेखा परीक्षणसहित पेश गरेर मन्त्रालयबाट भुक्तानी लिने छ। यो सेवा नेपालगञ्ज, सुर्खेत जुनसुकै विमानस्थलबाट यात्रा गरे पनि पाउने छन्।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...