News Portal

काग्रेस नेता कार्कीद्धारा विभिन्न समुहलाई बिरामी बोक्ने स्टेचर वितरण

हिमाली संचार संवाददाता
९६१ पटक

भोजराज कार्की
सोलुखुम्बु – नेपाली काग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाशसिंह कार्कीले जिल्लाको बिभिन्न गाउँका लागि बिरामी बोक्न प्रयोग गरिने स्टेचर वितरण गर्नुहुने भएको छ । जिल्लाको सोताङ र नेचा सल्यानका लागि २४ हजार मूल्यबराबरको ६ वटा स्टेचर वितरण गर्ने कार्यक्रम रहेको प्रकाश सिंह कार्कीलाई उदृत गर्दै दिनराज बास्तोलाले जानकारी दिनुभयो ।

अस्पताल वा गाडीको पहुँचसम्म बिरामीलाई पुर्‍याउन सहज बनाउँने उदेश्यले स्टेचर वितरण गर्न लागिएको नेता कार्कीको भनाई छ । पहिलो चरणमा सोताङ गाउँपालिकामा ४ र नेचा सल्यान गाउँपालिकाको २ वटा संस्थामार्फत स्थानीयलाई स्टेचर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

जस अन्तरगत सोताङ गाउँपालिका २ को चेपेल आमा समूह, नवज्योती युबा परिवार, लालिगुरास समूह, र सोताङ गाउँपालिकाकै जुके शेर्पा समाजलाई हस्तान्तरण गरिने बताईएको छ । यस्तै  नेचासल्यान गाउँपालिका स्थीत शान्तिप्रेमी युबा क्लब सल्यान, र गोदावरी आयाआर्जन महिला समूह नेचालाई प्रति संस्था एउटा स्टेचर वितरण गरिने दिनराज बास्तोलाले जानकारी दिनुभयो । सोलु एफएम

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...