News Portal

  • काग्रेस नेता कार्कीद्धारा विभिन्न समुहलाई बिरामी बोक्ने स्टेचर वितरण

    हिमाली संचार संवाददाता
    ८७८ पटक

    भोजराज कार्की
    सोलुखुम्बु – नेपाली काग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाशसिंह कार्कीले जिल्लाको बिभिन्न गाउँका लागि बिरामी बोक्न प्रयोग गरिने स्टेचर वितरण गर्नुहुने भएको छ । जिल्लाको सोताङ र नेचा सल्यानका लागि २४ हजार मूल्यबराबरको ६ वटा स्टेचर वितरण गर्ने कार्यक्रम रहेको प्रकाश सिंह कार्कीलाई उदृत गर्दै दिनराज बास्तोलाले जानकारी दिनुभयो ।

    अस्पताल वा गाडीको पहुँचसम्म बिरामीलाई पुर्‍याउन सहज बनाउँने उदेश्यले स्टेचर वितरण गर्न लागिएको नेता कार्कीको भनाई छ । पहिलो चरणमा सोताङ गाउँपालिकामा ४ र नेचा सल्यान गाउँपालिकाको २ वटा संस्थामार्फत स्थानीयलाई स्टेचर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

    जस अन्तरगत सोताङ गाउँपालिका २ को चेपेल आमा समूह, नवज्योती युबा परिवार, लालिगुरास समूह, र सोताङ गाउँपालिकाकै जुके शेर्पा समाजलाई हस्तान्तरण गरिने बताईएको छ । यस्तै  नेचासल्यान गाउँपालिका स्थीत शान्तिप्रेमी युबा क्लब सल्यान, र गोदावरी आयाआर्जन महिला समूह नेचालाई प्रति संस्था एउटा स्टेचर वितरण गरिने दिनराज बास्तोलाले जानकारी दिनुभयो । सोलु एफएम

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...