News Portal

  • प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने ४ जना पक्राउ ।

    हिमाली संचार संवाददाता
    ३७५ पटक

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष अगाडि प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाइएको छ ।

    कालो झण्डा देखाउने कार्यमा संलग्न काँग्रेसको भातृ संगठन  नेविसंघका ४ नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

    स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी हुन गएका ओली स्वदेश फर्किने क्रममा उनीहरुले कालो झण्डा देखाएका हुन् ।

    पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट नेताहरु निरञ्जन थापा, सुवास घिमिरे सुदीप अधिकारी रहेका छन् ।

    उनीहरुले प्रतिपक्षी दलको विरोधका बाबजुत पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको जनाइएको छ ।

    डाभोस सहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...