News Portal

चिकित्सा शिक्षा विधेयक’ पारित भए लगत्तै तरुण दल सडकमा

हिमाली संचार संवाददाता
४६९ पटक

पोखरा– सरकारले चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै तरुण दलले विरोध जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र घेराबन्दी तोड्दै सरकारले विधेयक पास गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएको हो ।

तरुण दलले शुक्रबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वृहत विरोध र्याली पछि आयोजित सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले देशब्यापी आन्दोलन गर्ने बताए । उनले भोलिदेखि सडक आन्दोलन चर्काउने र देश ठप्प बनाउने चेतावनी दिए ।

सरकारले निर्मला पन्तको हत्यारा पत्ता नलगाएकोमा आक्रोश पोख्दै यदी सरकारले हत्यारा पत्ता लगाउन नसके आफुहरुले हत्याराको पर्दाफास गर्ने अध्यक्ष बस्नेतले चेतावनी दिए ।

कांग्रेसका गण्डकी प्रदेश सदस्य कृष्ण चन्द्र पोख्रेलले सरकारले कांग्रेसका नेताहरुको नामको हस्पिटललाई सम्बोधन नदिएर नेपाली कांग्रेसको इतिहांसलाई मेटाउने काम गरेको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले चुनावमा जनतालाई दिइएका आश्वासन कम्युनिष्ट सरकारले पुरा गर्ने तर्फ भन्दा सरकार भ्रष्ट्राचार र कमाउ धन्दामा लागेकाले खवरदारी गर्न आफुहरु सडकमा आएको बताए ।

पोखराको चिप्लेढुंगाबाट शुरु भएको बिरोध र्याली न्युरोड, सभागृह चोक हुँदै पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...