News Portal

तातो तेलमा डढेकी २२ महिने नाबालिकाको उपचारमा खर्च अभाव

हिमाली संचार संवाददाता
५५८ पटक

नवलपरासी : तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२ महिने नाबालिकाको उपचार खर्च अभाव भएको पारिवारले जनाएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको सिम्रौन पौडेलको पैसा नहुँदा उपचारमा समस्या भएको हो ।

सिम्रौनकी आमा विष्णुमाया पौडेलले अहिलेसम्म ३ लाख खर्च भइसकेको बताउँदै अबको उपचार समस्या भएको बताइन्। कान्तिपुरसित पौडेलले भनिन्, ‘जुटेको पैसा र आफूसँग भएको सबै अस्पताललाई बुझाइसकियो अब गाह्रो भइसक्यो।’ उनका अनुसार अस्पतालले अझै ३ हप्ता उपचारमा राख्नुपर्ने बताएको छ।

गैंडाकोटको भृकुटीचोकमा ठेलागाडामा समोसा व्यापार गर्दै आएकी पौडेलकी छोरी सिम्रौनको ६ दिनअघि समोसा पकाउन तताएको तेल पोखिएर अनुहारसहित शरीर डढेको छ। अहिले सिम्रौनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

बालिकाको उपचारका लागि आइतबार स्थानीय बासिन्दाले चन्दा संकलन गरेर ४१ हजार नगद सहयोग गरेका छन्। कावासोतीका एलएन दबाडीले घरदैलो गरेर ४१ हजार नाबालिकाको आमा विष्णुमायालाई दिएका हुन्। दबाडीका अनुसार स्थानीयले आर्थिक अवस्था कमजोर रहेका सिम्रौनको उपचारमा सहुलियत दिन समेत अस्पताललाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...