News Portal

  • माननीयले गाडी फिर्ता गरेर रिक्सा चढेर फर्किए घर

    हिमाली संचार संवाददाता
    ५१९ पटक
    यमलाल भुसाल

    बुटवल : प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडि संसद सचिवालयमा फिर्ता गर्नु भएको छ् । प्रदेश पाच प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महंगोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उनले बिवादमा रहेको गाडि नढ्ने र निश्पक्ष छानवीन हुनुपर्ने माग गर्दै आफुले चढ्दै आएको गाडी फिर्ता गर्नु भएको हो ।

    नेता पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नं. को गाडीको चाबी फिर्ता संसद सचिवालयका सचिब दुर्लभकुमार पुन मगरलाइ फिर्ता गर्नु भएको हो । सचिवालयमा चावी बुझाउदै सभापति प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेलले भन्नु भयो ।

    सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीहरुको कागजात झिकाई छानविन शुरु गरेकोले बिबादित गाडी चढ्नु उपयुक्त छैन,त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुं’ उहाँले भन्नु भयो ।

    गाडी फिर्ता पछि उहाँ अटो रिक्सा चढेर घर फर्किनु भएको छ । प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा (टाटा स्ट्रोम) गाडी खरिद गरेको थियो ।

    उपसमितिले भेटायो गाडी खरिदमा त्रुुटी

    खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेल (नेकपा)को संयोजकत्वमा उपसमिति गठन गरेर छानवीन भैरहेको छ ।

    सो उपसमितिमा बैजनाथ जयसवाल (कांग्रेस )र कल्पना पाण्डे (राष्ट्रिय जनता पार्टी)सदस्य छन् । उपसमितिको बैठक पनि बसेको थियो । गाडी खरिदमा केहि त्रुटीफेला परेको सदस्य बैजनाथ जयसवालले बताउनु भयो ।

    उपसमितिले पर्सि ६ गते प्रतिबेदन लेखा समितिलाइ बुझाउने तयारी गरेको उहाँले बताउनु भयो । यस्तै गत पुस २७ गते सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पनि सचिवालयले उपलब्ध गराइ आफुले चढ्दै आएको लु १ झ ४४१ नं. को गाडी फिर्ता गर्नु भएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...