News Portal

“कबिता “तिमीले दिएको प्रेमको उपहार

हिमाली संचार संवाददाता
५५४ पटक
प्रीति अर्याल

खै किन मलाई
हावापानीकाे झाेक्काले बाटोमै
मेटिएकाे धाप जस्तै लाग्छ
तिमीले दिएको प्रेमको उपहार
अनाथ प्रेमपत्र झै लागिएको छ

जुनकीरी राेएकाे त्यो मलिन साझ
हतारोमा गन्तव्य भेट्न दाैडिएका
मेरो जिन्दगीको भराेसाहरु
भराेसा बिरुद्ध बुनिएकाे तिम्रो
माकुरोकाे जालाे जस्तै षड्यन्त्र
षड्यन्त्रमा घेरिएको मेरो बिबश्ता

अाेझेल पर्दै गरेकाे धर्तीकाे उज्यालो
पाखा पखेरामा सुस्ताउन
गुँड खाेजिरहेका कलिला बचेराहरु
निशब्द काेलाहाल मच्चाउने त्यो चिर्बिर
अध्याराेमा झाेक्राई रहेको परेवाका जाेडि
कालाे बादलले बनाएको मधुरो अाकृति
दुर अाकाशमा लमतन्न जिस्काईरहेछ मलाई
तिमीले दिएकाे बेईज्जतिकाे ध्वजा
फहराईरहेकाे छ शिखरमा पुगि
खै किन मलाई
हावापानीकाे झाेक्काले बाटोमै
मेटिएका धाप जस्तै लाग्छ
तिमीले दिएको प्रेमको उपहार
अनाथ प्रेमपत्र झैं लागिएको छ

बाँसको कप्टेराे चिरिए झै चिरिएकाे
उदाङ्ग भाग्यको रेखा
जस्ले पटकपटक देखाएको छ सपना
हिम शिखर चुमेका अाेठहरु
तिम्रा रमिते हाटबजारहरुमा
दिनदाहाडै किन-बेच चलिरहेको छ
भावना शुन्य भाबुकताहरुकाेे
तिमी मुल्य ताेक्नमा निकै उत्साहित देख्छु
अाफ्नै भाग्यको तालाकुचि सुम्पिएर
दलालिले फस्टाएको सुन्छु
त्यसैले
तिमीले दिएको प्रेमको उपहार
अनाथ प्रेमपत्र झै लागिएको छ।

नवलपरासी

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...