खै किन मलाई
हावापानीकाे झाेक्काले बाटोमै
मेटिएकाे धाप जस्तै लाग्छ
तिमीले दिएको प्रेमको उपहार
अनाथ प्रेमपत्र झै लागिएको छ
जुनकीरी राेएकाे त्यो मलिन साझ
हतारोमा गन्तव्य भेट्न दाैडिएका
मेरो जिन्दगीको भराेसाहरु
भराेसा बिरुद्ध बुनिएकाे तिम्रो
माकुरोकाे जालाे जस्तै षड्यन्त्र
षड्यन्त्रमा घेरिएको मेरो बिबश्ता
अाेझेल पर्दै गरेकाे धर्तीकाे उज्यालो
पाखा पखेरामा सुस्ताउन
गुँड खाेजिरहेका कलिला बचेराहरु
निशब्द काेलाहाल मच्चाउने त्यो चिर्बिर
अध्याराेमा झाेक्राई रहेको परेवाका जाेडि
कालाे बादलले बनाएको मधुरो अाकृति
दुर अाकाशमा लमतन्न जिस्काईरहेछ मलाई
तिमीले दिएकाे बेईज्जतिकाे ध्वजा
फहराईरहेकाे छ शिखरमा पुगि
खै किन मलाई
हावापानीकाे झाेक्काले बाटोमै
मेटिएका धाप जस्तै लाग्छ
तिमीले दिएको प्रेमको उपहार
अनाथ प्रेमपत्र झैं लागिएको छ
बाँसको कप्टेराे चिरिए झै चिरिएकाे
उदाङ्ग भाग्यको रेखा
जस्ले पटकपटक देखाएको छ सपना
हिम शिखर चुमेका अाेठहरु
तिम्रा रमिते हाटबजारहरुमा
दिनदाहाडै किन-बेच चलिरहेको छ
भावना शुन्य भाबुकताहरुकाेे
तिमी मुल्य ताेक्नमा निकै उत्साहित देख्छु
अाफ्नै भाग्यको तालाकुचि सुम्पिएर
दलालिले फस्टाएको सुन्छु
त्यसैले
तिमीले दिएको प्रेमको उपहार
अनाथ प्रेमपत्र झै लागिएको छ।
नवलपरासी