News Portal

२१ बर्ष अगाडि प्लान नेपालले बनाएकाे दलित वस्तिका अधिकांश घर जिर्ण

हिमाली संचार संवाददाता
७६६ पटक
रबिन्द्र बराल, मोरङ

माेरङकाे सुनवर्सि नगरपालिका ५ मा स्थित झिङ्गिटाेलमा प्लान नेपालले २१ बर्ष अगाडि अतिविपन्न घरपरिवारलाई बसाेवास गर्ने बनाएकाे घर जिर्ण अवस्थामा पुगेको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद काेईरालाले माेरङ क्षेत्र नम्बर १ भएको समयमा प्लान नेपालकाे सहयोगमा जनता अावासका लागि साे क्षेत्रमा बसाेवास गर्दे अाएका ऋिषिदेव, मुसहर समुदायका ५८ परिवारका लागि घर बनाएका थिए ।

प्लान नेपालले साे स्थानमा ४ बिघा ७ कठ्ठा जग्गा खरिद गरेर दुई काेठे पक्कि घर वनाएर बितरण समेत गरेको थियोे । त्यस समयमा प्लान नेपालले सानाे सानाे दुई काेठा निर्माण गरेता पनि अहिले भने उक्त काेठा गरिब परिवारका लागि सानाे र अप्ठ्यारो हुदै अाएकाे छ । अहिले उनिहरुकाे परिवार संख्या बढेपछि उक्त काेठा सानाे भएको बताउँछन् ।

गर्मिकाे समयमा जसाे त्यसाे बसेता पनि जाडो याम सुरु भए पछि उनी हरु काे परिवार चिसाे भुईमा सुत्न बाध्य रहेकाेे वलराम ऋिषिदेवले बताए । उनकाे घरमा पाँच जनाकाे परिवार छन तर काेठा भने दुईवटा मात्रै रहेको र उक्त काेठामा अामाबुबालाई सुत्न छाडि दिएता पनि अाफ्नाे परिवार भने चिसाे भुईमा सुत्ने गरेको उनले बताए ।

अहिले साे स्थानमा निर्माण गरिएको ५८ घर मध्ये अधिकान्स घरकाे देवाल चर्किएको र घरकाे छानाेे समेत हावा हुरीले उडाएकाे, झ्याल, ढाेका र टिनकाे छानाे समेत प्वाल समेत परेको छ । बर्षायाममा घर भित्र पानी पस्ने समस्याले अझै सताउने गरेको स्थानीय चनरी देवि ऋिषिदेवले बताईन ।

बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका र सुनवर्सि नगरपालिकाकाे सिमानामा रहेको साे वस्तिमा अहिले बिगत भन्दा १ सय घरपरिवारहरु थप भएका छन। प्लना नेपालले त्यस समयमा ५८ घर हरु मध्ये ४६ घर परिवारलाई एक एक कठ्ठाकाे दरले घर सहित जग्गा पास गरेर दिएता पनि बाँकी घरपरिवारलाई अहिलेसम्म घर जग्गा पास नगरेको स्थानीय सदानन्द ऋिषिदेवले बताए ।

२०६० सलामा प्लान नेपालले उक्त घरहरुकाे केही मात्रामा मर्मत गरेता पनि १५ बर्ष देखि कुनै पनि मर्मत संम्भार गर्न नअाएकाे र सानाे भुकम्प मात्रै अाए अाफु हरुलाई किच्ने हाे कि भन्दै बिलाैना गरि रहेका छन । नेपाल सरकारले हरेक नागरिककाे लागि गाँस, बाँस, कपास अनिवार्य रुपमा हुनुपर्ने भनेता पनि दलित बस्तिमा भने लागू हुन सकेको छैन ।

हरेक नगरपालिकाले खुला दिशा मुक्त घाेषणा अभियान संन्चालन गरेता पनि उक्त ऋिषिदेव वस्तिमा भने अहिलेसम्म केही मात्रैकाे घरमा शाैचालय रहेकाे छ भने गरिबी भएको कारण अहिलेसम्म पनि घरमा शाैचालय बनाउन समेत सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...