News Portal

  • फागुन मसान्तभित्र कस्तो  कानून बन्छ ?

    हिमाली संचार संवाददाता
    ४४६ पटक

    लहान – उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कानूनहरु बनाएर विकास निर्माणका कामलाई तीव्र गति दिने बताएका छन् ।

    सिरहाको कर्जन्हा नगरपालिका–५ स्थित बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको २९औँ स्मृति सभामा उनले आवश्यक कानूनको अभावमा सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताए ।

    उपप्रधानमन्त्री पोखरेलले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले चुनावी घोषणापत्रलाई कार्यान्वय गरी मुलुकलाई समृद्ध मुलुक बनाउने उल्लेख गरे ।

    समाजिक सुरक्षाभत्ता पाँच हजार बनाउने प्रतिबद्धता सरकारले पूरा गर्ने दाबी गर्दै उपप्रधानमन्त्री पोखरेलले कमला सुनकोशी डाइभर्सन र सुनकोशी मरिन डाइभर्सनको कामलाई अगाडि बढाएर तराइको उर्वर जमीनमा सिँचाइ गरेर किसानलाई खुशहाली दिने उद्घोष गरे ।

    अङ्गीकृत नागरिकता बाँडेर नेपाली जनतालाई नै अल्पमतमा पार्ने पक्षमा आफूहरु नरहेको बताउँदै उनले भने, ‘अङ्गीकृत नागरिकताको भेलबाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौँ तर विदेशी बुहारीलाई भने अङ्गीकृत नागरिकता दिने निर्णय सरकारले गरिसकेका छ ।’

    तराईमा अधिकांशले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथली भाषालाई नै सरकारी कामकाजको भाषा बनाउन सुझाब दिँदै उनले प्रदेश नं २ मा हिन्दी भाषालाई प्रवेश गराएर आफूहरुले नमान्ने स्पष्ट पारे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...