News Portal

नेपाल को संसदीय इतिहासकै पहिलो घटना, कारागारमा बसेकालाई सांसदको लोगो

हिमाली संचार संवाददाता
४८३ पटक

काठमाडौं–कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित रेशम चौधरीले सांसद पदको सपथ लिएका छन् ।

विहीबार सिंहदरबारस्थित संसद सचिवालयमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले चौधरीलाई सांसद पदको सपथ खुवाएका हुन् ।

सांसद चौधरीले थारु भाषामा सपथ लिएका थिए । सपथ ग्रहण पछि महासचिव मनोहरप्रसाद भट्टराईले सांसद चौधरीलाई सांसद पदको लोगो दिएका थिए । सपथ ग्रहण समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरु पनि उपस्थित थिए ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा ७ जना प्रहरी सहित ८ जनाको ज्यान जाने गरि भएको आन्दोलनमा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका चौधरी सपथ लिन डिल्लीबजार कारागारबाट संसद सचिवालय पुगेका थिए । उनलाई उच्चसुरक्षा सर्तकता साथ संसद सचिवालय ल्याइएको थियो ।

सपथग्रहण पछि उनलाई उच्च सुरक्षा सर्तकता साथ फेरी डिल्लीबजार कारागार लगिएको छ ।

कारागारमा बसेकालाई पदीय हैसियतमा सांसदको सपथग्रहण गराउँदै लोगो दिइएको नेपालकै संसदीय इतिहासमा यो पहिलो घटना हो ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...