News Portal

  • थारु जातिको पहिचान र संस्कृति जोगाउन माघी महोत्सव

    हिमाली संचार संवाददाता
    ५५० पटक

    सीताराम चौधरी
    कपिलवस्तु : थारुहरुको नयाँ वर्षको रुपमा लिइने माघी पर्व नजिकिएसँगै कपिलवस्तुका थारु अगुवा माघी(खिचडी) महोत्सवको तयारीमा जुटेका छन् ।माघी(खिचडी) महोत्सवमार्फत थारु अगुवाहरु जातीय पहिचान, कला संस्कृति र भेषभुषा संरक्षणमा अग्रसर भएका हुन् ।

    यही माघ २ देखि ४ गतेसम्म जिल्लाको शिवराज नगरपालिका ५, प्रदर्शनीस्थलमा जिल्लास्तरको नवौं माघी(खिचडी) महोत्सव संचालन हुँदैछ । महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न जिम्मेवारी विभाजन गरी तयारीमा जुटेको थारु कल्याणकारिणी सभाका जिल्ला सभापति उमाशंकर थारुले जानकारी दिनुभयो ।

    माघी महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न थाकस जिल्ला सभापति उमाशंकार थारुको नेतृत्वमा १सय ५० सदस्यी उपकार्यसमिति गठन गरिएको छ ।
    जसमा जिल्ला सभापति थारुकै संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति निर्माण गरिएको छ ।

    बैठकले इन्दर थारु र रमेश थारुलाई सचिवालय समितिको सहसंयोजकमा चयन गरिएको छ । यसैगरी ५ जना सहसंयोजकको जिम्मेवारीमा ११ वटा उपसमितिको कार्यविभाजन गरिएको बताइएको छ ।

    थारुहरुको अगुवा भेलाले सुकई थारुको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति, राम अवतार चौधरीका संयोजकत्वमा ५ सदस्यीय मिडिया परिचालन समिति, राजकुमारी थारु संयोजक रहेको १० सदस्यीय झाँकी व्यवस्थापन समिति चयन गरिएको थारु कल्याणकारिणी सभा शिवराज नगरअध्यक्ष जगतदेव थारुले जानकारी दिनुभयो ।

    यस्तै श्रीनिवास थारुको संयोजकत्वमा ५ सदस्यीय साँस्कृतिक समिति, प्रकाश थारुको संयोजकत्वमा ५ सदस्यीय मञ्च व्यवस्था समिति, मञ्जु थारुको संयोजकत्वमा ७ सदस्यीय अतिथि सत्कार समिति, रविलाल थारुको नेतृत्वमा ७ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको बताइएको छ ।

    यसका साथै सन्तोष थारुको संयोजकत्वमा १४ सदस्यीय शान्ति सुरक्षा व्यवस्थापन समिति, गणेश थारु संयोजक रहेको ५ सदस्यीय पार्किङ व्यवस्थापन समिति र बबिता थारु संयोजक रहेको ११ सदस्यीय साथै भान्सा व्यवस्थापन समिति गठन गरिएको छ । महोत्सवलाई सभ्य र भव्य बनाउन उपसमितिको मुख्य जिम्मेवारी रहने मूल कार्य समिति संयोजक उमाशंकर थारुले जनाउनुभयो ।

    यसपटकको माघी महोत्सव आफ्नै क्षेत्रमा हुन लागेपछि खुशी व्यक्त गर्दै शिवराज नगरपालिका उपपमुख शिवकुमारी थारु भन्नुहुन्छ –“माघी महोत्सवलाई थारु समुदायको सांस्कृतिक पहिचानको रुपमा हेरिएको छ । यसलाई सफल बनाउन हामी सबैको कर्तव्य हो ।

    सबै समुदायका जातजाति मिलेर एक अर्काको चाडपर्वलाई सकारात्मक सहयोग र सम्मानसहित सफल बनाउन एकजुट हुनुपर्छ ।” माघी महोत्सवले जिल्लाको पश्चिमी क्षेत्रमा थारु जातिको जातीय पहिचान र संस्कृतिको जगेर्नामा ठूलो सहयोग पुग्ने विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी थारुको विश्वास छ ।

    माघ २ गतेदेखि ४ गतेसम्म चल्ने माघी महोत्सवमा थारु खानाका परिकार, थारु समुदायको सीफ हस्तकला प्रदर्शनीका साथै थारु साँस्कृतिक पहिचान झल्किने पहिरन, गीत, नृत्य प्रस्तुति साथै ख्याती प्राप्त थारु राष्ट्रिय गायक गायिकाहरुको प्रस्तुतिले दर्शक तताउने आयोजकले जनाएको छ ।

    यसैबीच “हम्मन संस्कृति हम्मनके शान, भूमि पुत्र थारु हमरे बचाई आपन पहिचान“ भन्ने मूल नाराका साथ यही पुस २९ गतेदेखि १ गतेसम्म शिवराज नगरपालिका ९, भगवानपुरमा माघी महोत्सवको भव्य तयारी भइरहेको बताइएको छ ।

    गतवर्षदेखि माघी महोत्सवको शुरुवात गरेको भगवानपुर गाउँ समाज समितिले यसलाई निरन्तरता दिन दोस्रो पटक महोत्सव लगाउन लागेको हो । माघी महोत्सव शिवराज न.पा.९, भगवानपुरको प्राङ्गणमा लाग्ने कार्यक्रम मूल समिति संयोजक रमेश चौधरीले जानकारी दिनुभयो ।

    लोप हुँदै गएको थारु साँस्कृतिक पहिचान झल्काउने पोशाक लेहंगा, चोली, गहना गुरिया, हाते निर्माण सामग्री ढकिया, मौनी, डोकवा, पौला, हेलका, डिलिया लगायतको प्रदर्शनी गरिने सहसंयोजक भिखु थारु बताउनुहुन्छ । कार्यक्रम सफल बनाउन रमेश चौधरीको संयोजकत्वमा ९ सदस्य मूल समिति गठन गरिएको छ । जसको सहसंयोजकमा भिखु थारु, सचिवमा दुःखराम थारु, कोषाध्यक्षामा शिवराज थारु, सहकोषाध्यक्षमा प्रमिला थारुलाई चयन गरिएको छ।

    यसैगरी मूल समितिको सदस्यमा सेनापति थारु, शिवबालक थारु, गोपाल थारु रहनुभएको छ । कार्यत्रममा साँस्कृतिक नृत्य लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...