News Portal

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

६१ पटक

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा सडक अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोले ढुंगा र लेदो सडकमा झर्दा यातायात पूर्ण रूपमा प्रभावित बनेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट रुकुमपूर्व, रुकुमपश्चिम, राडी तथा डोल्पातर्फ जाँदै गरेका १० वटा रात्रिकालीन बस र ६ वटा मालवाहक ट्रक बीच बाटोमै रोकिएका छन्। सडक बन्द भएपछि यात्रुहरू समस्यामा परेका छन्।

सडक खुलाउन भूमे गाउँपालिकाले जेसीबी प्रयोगमा ल्याएको छ। तर, निरन्तर वर्षा र झर्ने ढुंगाका कारण अवरोध हटाउन केही समय लाग्ने प्रशासनले जनाएको छ।

यस घटनाबाट केही घर तथा गहुँबालीमा समेत क्षति पुगेको बताइएको छ। हाल क्षतिको विवरण संकलन भइरहेको छ।

प्रतिकृया दिनुहोस्

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...