News Portal

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

१८५ पटक

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं ले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सम्पन्न भएको छ। अब सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्ने वा हिरासतमा नै राख्ने भन्ने विषयमा आदेश जारी गर्ने तयारी गरेको छ।

भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसलगत्तै प्रसाईंले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिट अधिवक्ता सुरेश बोहरामार्फत दर्ता गरिएको थियो।

न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटमाथि बहस सकिएको हो। सुनुवाइ टुंगिएकाले आदेश छिट्टै आउने अपेक्षा गरिएको छ।

यसअघि निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रसाईं फागुन ४ गते पक्राउ परेका थिए र फागुन १२ गते अदालतको आदेशपछि रिहा भएका थिए। तर रिहाइ भएको केही दिनमै फागुन १७ गते प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको थियो।

प्रहरीले निर्वाचन नजिकिँदै गर्दा भड्काउ अभिव्यक्ति दिएको आरोप लगाएको छ। प्रसाईंले सार्वजनिक निकायमाथि आरोप लगाउँदै आमहड्ताल र बन्दको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...