News Portal

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

१८१ पटक

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको खाना तथा स्टेशनरी खाद्यपदार्थ तथा ग्याँस वितरण गरिएको थियो।

नेपाल मानव सेवा संस्थामा बसोबास गर्दै आएका २१ जना भाइबहिनीलाई खाना खुवाउनुका साथै केही खाद्यान्न सामग्री, स्टेसनरी तथा ग्यास सिलिन्डर समेत प्रदान गरिएको थियोे। नेपाल मानव सेवा संस्थालाई सहयोग सामग्री हस्तान्तरण गरिएको थियो।

विदेशमा रहेर पनि मातृभूमिप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको युवा शक्ति कुवेतले विभिन्न मानवीय तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आईरहेकाे छ। संस्थाले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

युवा शक्ति टीमका सल्लाहकार हरि बानियाँको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो। नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकालाई भोजन गराउनुका साथै आवश्यक सामग्री दिएकाे थियोे।

संस्थाका अध्यक्ष विशाल डल्लाकोटीले स्वदेशमा पनि सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै विभिन्न जिल्ला र क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गरिने बताए। उनले आगामी दिनमा अझ व्यापक रूपमा सहयोग विस्तार गर्ने योजना रहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...