News Portal

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

१६८ पटक

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक गरेका छन्।

कुवेतबाट हालै फर्किएका ती युवकले कुवेतमा नेपाली कामदारले भोगिरहेका समस्या, मानव बेचबिखन तथा मानव तस्करीमा संलग्न गिरोहबारे प्रधानमन्त्रीलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले तीन महिनासम्म सिंहदरबार धाएका थिए। तर पटक–पटक प्रयास गर्दा पनि प्रधानमन्त्रीसँग भेट हुन नसकेको उनको गुनासो छ।

प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराउँदा, समय माग्दा र सम्बन्धित निकायमार्फत पहल गर्दा पनि सुनुवाइ नभएको भन्दै ती युवक अन्ततः सडकमा उत्रिएका हुन्।

उनले काठमाडौंस्थित आरएनएसी अगाडि बसेर “प्रधानमन्त्री हराएको” शीर्षकको सूचना छापी सर्वसाधारणलाई बाँडे। सूचनामा प्रधानमन्त्री जनताको पहुँचभन्दा टाढा रहेको, नागरिकको गम्भीर समस्यामा चासो नदिएको र भेट्नै नसकिने अवस्था सिर्जना भएको उल्लेख गरिएको थियो।

ती युवकले आफूले कुनै राजनीतिक उद्देश्य नराखी केवल पीडित नेपाली कामदारको आवाज प्रधानमन्त्रीसम्म पुर्‍याउन खोजेको बताए। “कुवेतमा मानव तस्करी र ठगीका घटना भइरहेका छन्। पीडितले न्याय पाउन सकेका छैनन्। त्यसबारे सरकारको ध्यानाकर्षण गराउन खोज्दा भेट नै नपाएपछि यस्तो प्रतीकात्मक विरोध गर्न बाध्य भएँ,” उनले भने।

घटनापछि उक्त विषय सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको छ। प्रधानमन्त्री कार्यालयबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...