News Portal

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

१५२ पटक

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो क्षेत्र केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आगामी निर्वाचनमा केपी शर्मा ओली सँग प्रतिस्पर्धामा रहेका उनले दमकमा निर्माण भएर लामो समयदेखि प्रयोगविहीन रहेको भ्यूटावर र सभागृहलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने स्पष्ट प्रतिबद्धता जनाएका छन्।

उनको प्रतिबद्धता पत्रमा संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्दै संविधानअनुसारका दायित्व इमान्दारीपूर्वक पूरा गर्ने उल्लेख छ। आवश्यक कानुन निर्माण तथा संशोधनमार्फत जनमैत्री व्यवस्था कायम गर्ने, भ्रष्टाचार र बेथितिविरुद्ध कडा रूपमा उभिने तथा झापा–५ का विकासका एजेन्डालाई राष्ट्रिय बजेट र नीतिमा प्राथमिकता दिलाउने उनको योजना छ।

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउँदै विकास योजनाको प्रभावकारी अनुगमन गर्ने र स्थानीय नागरिकका समस्या संसदसम्म निरन्तर उठाउने उनले बताएका छन्। सार्वजनिक सेवा सुधार, वातावरण संरक्षण र राष्ट्रहितको पक्षमा दृढ अडान लिने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन्।

शिक्षा क्षेत्रमा सीपमूलक कार्यक्रम विस्तार, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना, विद्यालय छाड्ने दर न्यूनिकरण, दमक बहुप्राविधिक शिक्षालय सञ्चालन तथा दमक अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्ने योजना समेटिएको छ। साथै रतुवा र मावा खोलामा तटबन्ध निर्माण, कृषि भण्डारण केन्द्र स्थापना, सिँचाइ विस्तार र दमकलाई पूर्वी क्षेत्रको आईटी केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि घोषणा पत्रमा उल्लेख गरिएको छ।

राजनीतिलाई सेवा र उत्तरदायित्वसँग जोड्दै मतदाताको विश्वासलाई काममार्फत प्रमाणित गर्ने बालेनको प्रतिबद्धता पत्र झापा–५ केन्द्रित विकास योजनामा केन्द्रित देखिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...