News Portal

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

५१ पटक

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खेद व्यक्त गरेको छ। घटना बिहीबार राति भयो, जब रास्वपाका कार्यकर्ताहरूले राजा वीरेन्द्रको शालिकमाथि उभिएर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेका थिए।

राप्रपा लुम्बिनी प्रदेशका सचिव राजेन्द्र अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यस्तो अराजक र अपमानजनक व्यवहार सह्य हुँदैन। रास्वपाले आफ्नो धारणा स्पष्ट गर्दै माफी माग्नुपर्ने र भविष्यमा यस्तो घटना नदोहोरिने प्रतिबद्धता देखाउनुपर्ने उनको भनाइ थियो।

राप्रपाले निर्वाचनको समयमा मतदातालाई स्वतन्त्र मतदान गर्ने वातावरण सुनिश्चित गर्नु सबै दलको जिम्मेवारी भएको पनि स्मरण गराएको छ। साथै, अन्य दल वा व्यक्तिले चुनावी प्रक्रियामा हस्तक्षेप नगर्न आग्रह गरेको छ।

घटनापछि रास्वपाका समर्थकहरूले एमालेको झण्डा जलाएका थिए र अध्यक्ष केपी ओलीविरुद्ध आपत्तिजनक नाराबाजी पनि गरेको जानकारी छ। एमालेले यसमा संलग्नलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेको छ।

प्रतिकृया दिनुहोस्

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...

आज २०८२ साल फागुन ८ गतेको राशिफल

आज फागुन ८, २०८२ ( फेब्रुअरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...