आज : २०२६-०९-०६, आइतबार

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम बंगलादेशमा हालै देखिएको नतिजासँग मिल्न सक्ने बताएका छन्। काठमाडौंबाट झापा–५ तर्फ जाँदै गर्दा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

ओलीले चुनाव भए एमाले त्यसमा सहभागी हुने स्पष्ट पार्दै चुनावी वातावरण तयार पार्ने जिम्मा सरकारको भएको बताए। “सरकारले चुनाव गरायो भने हामी तयार छौं,” उनले भने, “हामीलाई चुनाव हुने विश्वास छ।”

उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाईसमेत दिएका छन्। साथै, आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने, उनीहरूको गुनासा र सुझाव सुन्ने कार्यक्रम रहेको जानकारी पनि दिएका छन्।