News Portal

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

२७२ पटक

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ । पछिल्ला दिनहरूमा लगातार बढिरहेको सुनको भाउ बिहीबार एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले उकालो लाग्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो भने मंगलबार ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदी प्रतितोला २ सय ५ रुपैयाँले वृद्धि भएर ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा पनि चाँदीमा उल्लेख्य वृद्धि देखिएको थियो ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक माग बढ्दै जाँदा नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको व्यवसायीहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...