News Portal

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

२०४ पटक

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक तथा सार्वजनिक स्थानमा मानिसहरूको आवतजावत कम देखिएको छ। केही सातादेखि निरन्तर रूपमा शीतलहर बढ्दै जाँदा वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरू बढी समस्यामा परेका छन्।

गाउँघर तथा चोक–चोकमा स्थानीय युवादेखि वृद्धसम्म घरआँगन तथा सडक किनारमा पराल र दाउरा बालेर शरीर तताउँदै गरेको दृश्य देख्न सकिन्छ। रंगेली बसपार्क, मुख्य चोक, चोप्राह, पिपल चोक, भन्सा चोक लगायतका स्थानमा बिहानैदेखि आगो ताप्नेहरूको भीड लागेको छ।

रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान, कानेपोखरीलगायतका क्षेत्रमा पछिल्लो एक सातादेखि बाक्लो हुस्सु र शीतलहरका कारण जाडो अत्यधिक बढेको छ। पुस महिना सुरु भएसँगै घाम नलाग्दा विपन्न बस्तीका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन्।

स्थानीयवासीका अनुसार पुस लागेपछि घाम दुर्लभजस्तै बनेको छ। बिहानै काममा निस्कँदा हातखुट्टा कठ्यांग्रिएर काम गर्न मुस्किल हुने गरेको उनीहरू बताउँछन्। शीतलहर अझै केही दिन जारी रहने सम्भावना रहेकाले स्वास्थ्यप्रति सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...