News Portal

अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सको घरमा आक्रमण

२५६ पटक

अमेरिका – अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सको ओहायो राज्यको सिनसिनाटीस्थित निजी निवासमा आक्रमण भएको छ।सीएनएनले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार भ्यान्सको घरका केही झ्यालहरू फुटाइएको छ। घटनासँग सम्बन्धित एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।

प्रहरीका अनुसार आइतबार राति स्थानीय समयअनुसार करिब सवा १२ बजे भ्यान्सको घर नजिकै एक व्यक्तिलाई भाग्दै गरेको देखिएको थियो। त्यसपछि गरिएको खोजतलासका क्रममा एक जनालाई नियन्त्रणमा लिइएको हो।

अधिकारीहरूले जनाएअनुसार घटनाको समयमा उपराष्ट्रपति भ्यान्स र उनका परिवारका सदस्यहरू घरमा उपस्थित थिएनन्। हिरासतमा लिइएका व्यक्ति घरभित्र प्रवेश गर्न भने सफल नभएको प्रहरीले स्पष्ट पारेको छ।

जाँच निकायहरूले यो आक्रमण जानाजानी उपराष्ट्रपति भ्यान्स वा उनको परिवारलाई लक्षित गरी गरिएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।

यस घटनाबारे जानकारी लिन मिडियाले ह्वाइट हाउस र सेक्रेट सर्भिससँग सम्पर्क गरेको भए पनि हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन।

भ्यान्स पछिल्लो एक सातादेखि सिनसिनाटीमै रहेका थिए तर आइतबार दिउँसो सहर छाडेका थिए। उनले उक्त घर करिब १४ लाख अमेरिकी डलरमा खरिद गरेका हुन्। करिब २.३ एकड क्षेत्रफलमा फैलिएको यो निवास उच्च सुरक्षा क्षेत्रभित्र पर्दछ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...