News Portal

मोरङ आमाको उपचारका लागि परिवार आर्थिक संकटमा

४८ पटक

मोरङ, – मोरङको धनपालथान गाउँपालिका–४ स्थित नहरटोलमा बसोबास गर्ने रमा परियारको उपचारका लागि उनका छोराले ६ लाख रुपैयाँ ऋण लिए पनि आमाको स्वास्थ्य अवस्था सुधार भएको छैन।

विगत दुई महिनाअघि सामान्य बिरामीको उपचारका क्रममा डाक्टरले टाउकोको नक्सा सुकेको पत्ता लगाएका थिए। अहिले रमा परियारको थप उपचारका लागि आर्थिक स्रोत अभाव हुँदा घरमै अक्सिजन दिइ राख्न बाध्य भएको परिवारले जानकारी दिएको छ।

परिवारका प्रमुख प्रभु परियारले बताएअनुसार, उनीहरूले मोरङ सहकारी अस्पताल र ग्रिनक्रस अस्पतालमा उपचार गराए पनि खर्च उच्च भएका कारण अहिले व्यवसाय बन्द गरेर घरमै आमाको हेरचाह गर्नुपर्ने बाध्यता छ। घरमा तीन दिदीबहिनीसहित १० जनाले बसोबास गर्दै आएका छन्।

प्रभुले देश–विदेशमा रहेका शुभेच्छुकहरूसँग आमाको उपचार र परिवारको दैनिक खर्चमा सहयोगको अपील गरेका छन्।तल दिएको बैंक खातामा यहाँहरुले सहयोग गर्न सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्

इटहरी एनआईसी एसिया बैंकमा ऋणीले गरे आत्मदाह प्रयास, समयमै रोकियो

विराटनगर, २१ पुष – सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंक शाखामा लालबहादुर पौडेलले आत्मदाह प्रयास गरेका...

मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे ८ निर्णय

काठमाडौं, २१ पुष – सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आठ महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि...

राष्ट्रिय सभा निर्वाचनमा रणनीतिक तालमेल अपरिहार्य : सिटौला

काठमाडौं, पुष २१ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...

सद्भाव बचतद्वारा राहत वितरण, समाचारको प्रभाव

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित बुधबारी चोक नजिक...

चण्डिका डिस्टिलरीद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित चण्डिका डिस्टिलरीमा...