News Portal

भेनेजुएलामा सैन्य आक्रमण: कम्तीमा ४० को मृत्यु, मादुरो दम्पती नियन्त्रणमा

४२ पटक

काठमाडौं — अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ।

अखबारका अनुसार शनिबार अमेरिकाले राजधानी काराकाससहित विभिन्न शहरहरूमा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई पछि न्यूयोर्क पुर्‍याएर हिरासतमा राखिएको दाबी गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएका थिए। तर आइतबार प्रकाशित न्युयोर्क टाइम्सको रिपोर्टमा भने अमेरिकी सेनाले मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले गरेको सैन्य कारबाहीका क्रममा सर्वसाधारण र सैनिकको ज्यान गएको उल्लेख छ।

नाम नखुलाउने शर्तमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “अमेरिकी आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको मृत्यु भएको छ।”

अमेरिकी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा ठूलो स्तरको हवाई अभियान समावेश थियो। भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्न १५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरिएको र त्यसपछि सैन्य हेलिकोप्टरमार्फत स्थल सेना परिचालन गरी मादुरो बसेको घरमा आक्रमण गरिएको उल्लेख गरिएको छ।

ह्वाइट हाउस वा पेन्टागनबाट मृतकको संख्या वा अपरेसनको पूर्ण विवरणबारे तत्काल कुनै औपचारिक पुष्टि भएको छैन।

रिपोर्टअनुसार अमेरिकी सेनाले शनिबार बिहानै मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर भेनेजुएलाबाट बाहिर लगेको थियो। राष्ट्रपति ट्रम्पले यसलाई “रातारात सम्पन्न भएको सफल अपरेसन” भन्दै, ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ सुनिश्चित नहुँदासम्म संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने बताएका छन्।

हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी बताइएको छ।

यसैबीच, न्युयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले शनिबार बिहान सार्वजनिक गरेको अभियोगपत्रमा मादुरो र फ्लोरेसमाथि अमेरिकामा लागुऔषध कोकिन तस्करीलगायत विभिन्न आपराधिक आरोप लगाइएको छ।

तर आलोचकहरूले भने अमेरिकाको यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको, अमेरिकी कंग्रेसलाई छलेर गरिएको र यसले भेनेजुएला मात्र होइन, समग्र क्षेत्रमा थप अस्थिरता निम्त्याउने जोखिम रहेको चेतावनी दिएका छन्।

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २१ गरेको राशिफल

आज पुष २१, २०८२ (जनवरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा विदेशीका लागि नयाँ आवासीय कानून लागू, तलब सीमा र भिसा सर्त कडा

कुवेत सिटी – कुवेत सरकारले लागू गरेको नयाँ विदेशी आवासीय कानूनअन्तर्गत कामदार, विद्यार्थी, लगानीकर्ता तथा...

माग पूरा नभए वार्ता तोड्ने चेतावनी : दुर्गा प्रसाईं

काठमाडौँ, पुष २० – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

कुवेतमा तमु प्ये ल्हु संघद्वारा तमु ल्होसार जनवरी ९ भब्य रूपमा मनाइने

कुवेत – तमु प्ये ल्हु संघ, कुवेतले यसपाली पनि तमुहरुको महान चाड “तमु ल्होसार (सप्हृी)”...

केन्द्रीय समिति बैठकअघि रास्वपाको सचिवालय बैठक

काठमाडौँ, पुष २० — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकको तयारीस्वरूप सचिवालय बैठक सञ्चालन गरेको...