News Portal

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

३७ पटक

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ, जसलाई ‘चक्रे मिलन’ नामले चिनिन्छ, उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

एमालेले उनलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको भए पनि गुरुङले भने आफ्नो निर्णय व्यक्तिगत इच्छाबाट नभई युवा र स्थानीय जनसमुदायको निरन्तर माग र दबाबका कारण भएको बताएका छन्। उनी २०५० सालदेखि पार्टीमा सक्रिय छन् र समाजसेवा तथा राजनीतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका छन्।

तर मिलन गुरुङ विवादित व्यक्तित्व पनि हुन्। उनमाथि गुण्डागर्दी र आपराधिक गतिविधि सम्बन्धी दर्जनौं मुद्दा दर्ता भइसकेका छन्। पछिल्लो पटक उनी गत साउनमा काठमाडौंमा पक्राउ परेका थिए भने भक्तपुरमा ज्यान मार्ने उद्योगसम्बन्धी अर्को मुद्दामा धरौटीमा रिहा भएका थिए।

उनले पहिले काठमाडौं महाराजगञ्ज क्षेत्रलाई आफ्नो आधार बनाएर ठेक्का कमिसन र धम्कीमार्फत रकम उठाउने गतिविधि गर्दै आएका थिए। केही वर्षअघि प्रहरीले कठोर कारबाही गरेपछि उनी सामान्य अवस्थामा फर्किए र राजनीतिमा सक्रिय भए।

हाल फेरि प्रतिनिधि सभामा सिफारिस भएका गुरुङले आफू समाजसेवामा समर्पित रहेको दाबी गर्दै गोरखाली जनताको समर्थन पाए संसदमा पुग्नेमा ढुक्क रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...