News Portal

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

२३३ पटक

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ, जसलाई ‘चक्रे मिलन’ नामले चिनिन्छ, उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

एमालेले उनलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको भए पनि गुरुङले भने आफ्नो निर्णय व्यक्तिगत इच्छाबाट नभई युवा र स्थानीय जनसमुदायको निरन्तर माग र दबाबका कारण भएको बताएका छन्। उनी २०५० सालदेखि पार्टीमा सक्रिय छन् र समाजसेवा तथा राजनीतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका छन्।

तर मिलन गुरुङ विवादित व्यक्तित्व पनि हुन्। उनमाथि गुण्डागर्दी र आपराधिक गतिविधि सम्बन्धी दर्जनौं मुद्दा दर्ता भइसकेका छन्। पछिल्लो पटक उनी गत साउनमा काठमाडौंमा पक्राउ परेका थिए भने भक्तपुरमा ज्यान मार्ने उद्योगसम्बन्धी अर्को मुद्दामा धरौटीमा रिहा भएका थिए।

उनले पहिले काठमाडौं महाराजगञ्ज क्षेत्रलाई आफ्नो आधार बनाएर ठेक्का कमिसन र धम्कीमार्फत रकम उठाउने गतिविधि गर्दै आएका थिए। केही वर्षअघि प्रहरीले कठोर कारबाही गरेपछि उनी सामान्य अवस्थामा फर्किए र राजनीतिमा सक्रिय भए।

हाल फेरि प्रतिनिधि सभामा सिफारिस भएका गुरुङले आफू समाजसेवामा समर्पित रहेको दाबी गर्दै गोरखाली जनताको समर्थन पाए संसदमा पुग्नेमा ढुक्क रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...