News Portal

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

२०६ पटक

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य र भ्रामक बताएका छन्। सञ्चारमाध्यममा योजनाबद्ध रूपमा गलत सूचना फैलाएर आफ्नो छवि बिगार्ने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका हुन्।

घिसिङका अनुसार समाचारमा ‘भान्जा’ र ‘ससुरा’ भनेर उल्लेख गरिएका व्यक्ति उनका नातेदार होइनन्। ती व्यक्ति उज्यालो नेपाल पार्टीको तर्फबाट सिफारिस भएका पनि नभएको उनले स्पष्ट पारे। समानुपातिक सूची कुनै व्यक्ति विशेषको दबाब वा इच्छाअनुसार नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको उनको दाबी छ।

सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद र कृपावादविरुद्ध आफू निरन्तर उभिँदै आएको उल्लेख गर्दै उनले तथ्य नबुझी फैलाइने हल्ला र आरोप दुःखद भएको बताए। राजनीतिमा असहमति स्वाभाविक भए पनि झूट र भ्रम फैलाएर बदनाम गराउने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।

बन्दसूचीमा देखिएका प्राविधिक त्रुटि भए निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता जनाउँदै घिसिङले पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा आफू दृढ रहेको बताएका

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...