News Portal

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

२२९ पटक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै समर्थन गर्दै अघि बढ्ने संकेत गरेका छन्। मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले खड्का उपसभापति भइसकेको र अहिले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेको भएकाले आफूले उनलाई नै साथ दिने बताएका हुन्।

देउवाले पार्टी विधानअनुसार अब फेरि सभापतिको उम्मेदवार बन्न नपाउने स्पष्ट गर्दै आगामी नेतृत्वलाई सघाउने भूमिकामा रहने बताएका छन्। उनकाे भनाइमा, “विधानले तीन पटकभन्दा बढी सभापति हुन नपाइने व्यवस्था गरेको छ, त्यसैले म अब सभापतिको उम्मेदवार हुँदिनँ। तर नेतृत्वले आवश्यक ठाने सल्लाह सुझाव दिन तयार छु।”

आन्तरिक नेतृत्व प्रतिस्पर्धाबारे बोल्दै देउवाले डा. शेखर कोइराला र गगन थापाको नाम आकांक्षीका रूपमा सुने पनि उनीहरूले प्रत्यक्ष रूपमा समर्थन मागेको अवस्था नरहेको बताए। आफू भेट्न आएका नेताहरूसमक्ष पनि पूर्णबहादुर खड्काकै पक्षमा उभिने धारणा राखेको उनले उल्लेख गरे।

महाधिवेशनको समय, चुनावी प्रभाव र विशेष महाधिवेशनको बहसबारे देउवाले सावधानी अपनाउनुपर्ने टिप्पणी गरे। प्रतिनिधिसभा निर्वाचन नजिकिँदा महाधिवेशनले गुटगत तनाव बढाई पार्टी कमजोर बन्ने खतरा रहेको उनको भनाइ थियो। “महाधिवेशनको हार–जितपछि रिस–राग बाँकी हुन्छ, त्यही चुनावमा असर पर्छ,” देउवाले चेतावनी दिए।

आगामी प्रतिनिधिसभा निर्वाचनमा देउवाले डडेलधुराबाट प्रत्यक्षतर्फै उम्मेदवारी दिने घोषणा गरे। समानुपातिकतर्फ जान सुझाव आए पनि आफूले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको बताए। “कठिन परिस्थितिमा पनि प्रत्यक्ष जितेको हुँ, अन्तिमपटक पनि प्रत्यक्ष नै लड्छु,” उनले भने।

राष्ट्रिय सभा चुनाव र सम्भावित गठबन्धनबारे अहिले ठोस निर्णय नभएको देउवाले स्पष्ट पारे। प्रतिनिधिसभामा गठबन्धनको सम्भावना कमजोर देखिए पनि राष्ट्रिय सभाका लागि छलफलको समय अझै बाँकी रहेको उनको भनाइ थियो।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आक्रमण स्मरण गर्दै देउवाले नेपाली सेनाका एक कर्णेल र जेन–जी युवाहरूले आफूलाई जोगाएको दाबी गरे। आन्दोलनमा घुसपैठ भई कांग्रेसकै संरचना र नेताहरूलाई क्षति पुर्‍याउने प्रयास भएको उनले आरोप लगाए।

देश चुनावी मोडमा प्रवेश गरिसकेको देउवाले उल्लेख गर्दै सुरक्षा र चुनावी वातावरण निर्मितिका लागि सरकारले गम्भीर हुनु आवश्यक रहेको बताए। सबै पक्षले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने उनको आग्रह थियो।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...