News Portal

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

३९५ पटक

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ। सभाको अध्यक्षता समाजका अध्यक्ष भिष्मराज नेपालले गरेका थियो । कार्यक्रममा धादिङ जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी प्रमुख आतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामा, शिक्षाविद् डा. राजेन्द्र केसी, गंगाजमुना–५ का वडाध्यक्ष तथा पालिका प्रवक्ता कुमार बहादुर अधिकारी, नेपाली कांग्रेस धादिङका उपसभापति दलबहादुर अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समिति सदस्य चन्द्र बहादुर थापा लगायत राजनीतिक, सामाजिक, व्यावसायिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्व, समाजसेवी, संघ–संस्थाका प्रतिनिधि र संस्थाका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यस्तै अतिथिहरूमा पूर्व प्राध्यापक अमर अधिकारी,  लक्ष्मण केसी, अधिवक्ता शोषित अकेला बानियाँ, पर्यटन व्यवसायी गोपाल थापा  छाहारी ऋण तथा बचत सहकारी संस्थाको अध्यक्ष रामेश्वर अधिकारी लगायतको गरिमामय उपस्थिति रहेको आयोजकले जनाएको छ।

संस्थाको उद्देश्य, योगदान र प्रस्तुतीकरण स्थापना समयदेखि नै समाजले सामाजिक सेवा, विपद् व्यवस्थापन, आर्थिक अभावमा परेकाको सहयोग, असहाय वर्गको संरक्षण, स्वास्थ्य सहयोग, सीपमूलक प्रशिक्षण लगायतका कार्यमार्फत समुदायप्रति समर्पित सेवा प्रदान गर्दै आएको छ।
उपाध्यक्ष अमर सिमखडाले स्वास्थ्य शिविर, सीप प्रशिक्षण, आपतकालीन राहत, सामाजिक सद्भाव अभियान जस्ता कार्यक्रमहरू निरन्तर चलाइँदै आएको जानकारी दिए।

सल्लाहकार दलबहादुर अधिकारीले संस्थाको स्थापना उद्देश्य, चुनौती र हासिल उपलब्धिहरू स्मरण गराउँदै समुदायप्रति संस्थाले पुर्‍याइरहेको योगदानप्रति खुशी व्यक्त गरे।

सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रमका क्रममा ज्येष्ठ नागरिक तोरण देवी अधिकारी र जितबहादुर सिम्खडालाई सम्मान गरिएको थियो। साथै नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै संस्थाको सदस्य संख्या क्रमिक रूपमा वृद्धि हुँदै गएको जानकारी गराइयो।

अतिथिहरूका सुझाव र मन्तव्य वडा अध्यक्ष कुमार बहादुर अधिकारीले स्थानीय विकास, निर्माण र सहकार्यलाई अझ प्रभावकारी बनाउन आवश्यकतामा जोड दिनुभयो।गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले एकता, सहकार्य, हातेमालो र साझा योगदानबाट मात्र समृद्धि सम्भव हुने बताउनुभयो।

शिक्षाविद् डा. राजेन्द्र केसीले युवालाई रोजगारी, सीप, शिक्षा, प्रविधिसँग जोडेर अघि बढ्नुपर्नेमा विशेष सुझाव प्रस्तुत गर्नुभयो।

अन्त्यमा, अध्यक्ष भिष्मराज नेपालले आगामी दिनमा जनहितका कार्यक्रम, सीप विकास, आपतकालीन सहयोग, सामाजिक सेवा, समुदायमैत्री अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरे।  उक्त कार्यक्रम तारकेश्वर स्थित साझा पार्टी प्यालेस जरङ्गुको सभाहलमा सम्पन्न भएकाे थियोे।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...