News Portal

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

५० पटक

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२ को अवसरमा धादिङको गङ्गाजमुना–५, कलेरीमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। मगर दाजुभाइ तथा दिदीबहिनीहरूको सामूहिक पहलमा आयोजना हुदैँ गरेको यस कार्यक्रम आगामी २०८२ साल माघ १ गते तय गरिएको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा मगर समुदायका विविध सांस्कृतिक प्रस्तुति, नृत्य–गीत, लोककला, रीतिरिवाजका झलकसँगै परम्परागत खानाका परिकारहरूको विशेष व्यवस्था गरिनेछ। भाषा, संस्कृति र पहिचानलाई नयाँ पुस्तामा प्रेरणा दिने लक्ष्यका साथ देश–विदेशमा रहेका सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता र सहयोगका लागि हार्दिक निमन्त्रण गरिएको आयोजकले जनाएको छ।

आयोजक पक्षले तन, मन र धनले सकेजति सहयोग तथा उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै, “आउनुहोस्, सबै मिलेर आफ्नो भाषा, संस्कृति र पहिचान जोगाऔँ” भन्ने सम्बोधनमार्फत सहभागीता जनाउन आग्रह गरेको छ।

कार्यक्रम विवरण:
 मिति: २०८२ माघ ०१ गते
 स्थान: गङ्गाजमुना–५, कलेरी, धादिङ

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...