News Portal

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

३१२ पटक

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२ को अवसरमा धादिङको गङ्गाजमुना–५, कलेरीमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। मगर दाजुभाइ तथा दिदीबहिनीहरूको सामूहिक पहलमा आयोजना हुदैँ गरेको यस कार्यक्रम आगामी २०८२ साल माघ १ गते तय गरिएको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा मगर समुदायका विविध सांस्कृतिक प्रस्तुति, नृत्य–गीत, लोककला, रीतिरिवाजका झलकसँगै परम्परागत खानाका परिकारहरूको विशेष व्यवस्था गरिनेछ। भाषा, संस्कृति र पहिचानलाई नयाँ पुस्तामा प्रेरणा दिने लक्ष्यका साथ देश–विदेशमा रहेका सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता र सहयोगका लागि हार्दिक निमन्त्रण गरिएको आयोजकले जनाएको छ।

आयोजक पक्षले तन, मन र धनले सकेजति सहयोग तथा उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै, “आउनुहोस्, सबै मिलेर आफ्नो भाषा, संस्कृति र पहिचान जोगाऔँ” भन्ने सम्बोधनमार्फत सहभागीता जनाउन आग्रह गरेको छ।

कार्यक्रम विवरण:
 मिति: २०८२ माघ ०१ गते
 स्थान: गङ्गाजमुना–५, कलेरी, धादिङ

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...