
– कमला थापा
२०८२ पौष ११ गते।
वातावरणिय प्रदुषण भन्दा धेरै गुणा हानिकारक हुदोरहेछ राजनीतिक प्रदुषण। प्रदुषित वातावरणले त स्वास्थ्यलाई मात्र हानि पुर्याउथ्यो तर राजनैतिक प्रदुषणले देश, जनता, मानविय सभ्यता, धर्म, संकृतिक साथै न्यायालय, सुरक्षा निकाय सबै क्षेत्रलाई छोडदो रहेनछ। सबै क्षेत्रमा काम गर्ने उच्च ओहदादेखी साधारण ब्यक्तिहरुको कामकाजी मानसिकता माथि नै राजनीतिक प्रहार, दवाव र धम्किले गर्दा समाजमा त्रासको वातावरण फैलिएको छ। वर्तमान सरकारले पनि स्वतन्त्र रुपमा काम गर्न पाएको देखिदैन। उहि पुराना दलहरुको हैकम मान्नुपर्ने र सरकार पनि उनिहरुकै रखवालि गर्दैमा आफ्नो समय खर्चिरहेको देखिन्छ।
“भाद्र २३ गतेका हत्याराहरुलाई छिटो कारवाहीको दायरामा ल्याउनुपर्ने माग उनिहरुको छ। दैनिक सडकमा उत्रिएका नवयूवाहरुमाथि गरिएको दमनले अर्को संकट निम्त्याउदैन भनेर कसरी भन्न सकिन्छ,भने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आयोगमा बयान दिन नजाने धम्कि दिदै छन्। सरकारलाई कानूनी कारवाहीमा अबरोध गर्नु भनेको संबिधान र कानूनको उलंघन गर्नु हो।”
बर्तमान सरकार दोहोरो मारमा गुर्जिएको अबस्थामा छ। एकातिर जेएन्जीहरु हामिले बनाएको सरकार हामि माथि नै धरपकट गरिरहे छ। जेएन्जी नवयूवाहरु मार्ने अपराधिहरुलाई निर्धक्क छाडिएको छ। भाद्र २३ गतेका हत्याराहरुलाई छिटो कारवाहीको दायरामा ल्याउनुपर्ने माग उनिहरुको छ। दैनिक सडकमा उत्रिएका नवयूवाहरुमाथि गरिएको दमनले अर्को संकट निम्त्याउदैन भनेर कसरी भन्न सकिन्छ,भने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आयोगमा बयान दिन नजाने धम्कि दिदै छन्। सरकारलाई कानूनी कारवाहीमा अबरोध गर्नु भनेको संबिधान र कानूनको उलंघन गर्नु हो। पूर्वगृहमन्त्री रमेश लेखक आयोगको पत्र पाएपछि आफु बयान दिन जाने तयारिमा देखिएका थिए। तर पौष ७ गते केपी शर्मा ओली र कांग्रेसका सभापति देउवा दुईको भेटपछि नजाने कुरा आएको छ। ओलीले देउवालाई कुनै हालतमा लेखकलाई बयानका लागि नपठाउनु भन्ने आदेश पाएपछि हिजो लेखकलाई बोलाएर कुनै हालतमा बयान दिन नजानु, पर्दैन किन बयान दिने भनेर रोक्न खोजेको कुरा आईरहे छ। यसैबाट प्रष्ट् हुन्छ,तत्कालीन सरकार पूर्ण रुपमा दोषी छ।
“आज त्यही कांग्रेस भाद्र २३ गतेको जेएन्जी आन्दोलनमा १९ जना स्कूलका बालबालिकालाई गोली ठोक्न आदेश दिने गृहमन्त्रीलाई बयानसम्म दिनुपर्दैन भन्दैछ। अराजक शैलीका धनी केपी शर्मा ओलीको आज्ञा पालक भएर कांग्रेस कसरी प्रजातान्त्रिक पार्टि हुन सक्छ ? यस्ता उदाहरण धेरै छन्। २०४४/४५ तिर पंन्चायत कालमा आँधिबेहरीका करण दशरथ रंगशालामा फुटवल हेर्न गएका दर्शकहरुको दौडधुपमा ढोकामा एक आपसमा कुल्चिएर र च्यापिएर भएको मृत्युलाई पदिए दाइत्व सम्झेर राजिनामा दिने पूर्वशिक्षामन्त्री “केशर बहादुर बिष्ट” आज हाम्रा सामुन्ने छन्। तिनले के भन्लान् ? लोकतन्त्रमा लोक लाज हराएको अबस्थालाई कसरी लोकतन्त्र भन्ने ?”
२००७ सालमा प्रजातन्त्र आएपछि मोहन शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्व कालमा गृहमन्त्री हूदां जनताको जुलुसमा एकजना नवयूबक “चिनिया काजीको” प्रहरिको गोली लागेर मृत्यु हूदा राजनेता विपी कोइरालाले नैतिकताको जिम्मेवारी लिँदै मन्त्रीबाट राजीनामा दिएको कुरा कांग्रेसलाई थाहा छ। आज त्यही कांग्रेस भाद्र २३ गतेको जेएन्जी आन्दोलनमा १९ जना स्कूलका बालबालिकालाई गोली ठोक्न आदेश दिने गृहमन्त्रीलाई बयानसम्म दिनुपर्दैन भन्दैछ। अराजक शैलीका धनी केपी शर्मा ओलीको आज्ञा पालक भएर कांग्रेस कसरी प्रजातान्त्रिक पार्टि हुन सक्छ ? यस्ता उदाहरण धेरै छन्। २०४४/४५ तिर पंन्चायत कालमा आँधिबेहरीका करण दशरथ रंगशालामा फुटवल हेर्न गएका दर्शकहरुको दौडधुपमा ढोकामा एक आपसमा कुल्चिएर र च्यापिएर भएको मृत्युलाई पदिए दाइत्व सम्झेर राजिनामा दिने पूर्वशिक्षामन्त्री “केशर बहादुर बिष्ट” आज हाम्रा सामुन्ने छन्। तिनले के भन्लान् ? लोकतन्त्रमा लोक लाज हराएको अबस्थालाई कसरी लोकतन्त्र भन्ने ? लोकतन्त्र भनेको त जनता प्रति उत्तरदायी, जवाफदेहिता भएको शासन प्रणाली मानिन्छ। अहिले त दोषिहरुनै स्वोघोषित निर्दोष भएको फैसला गर्दैछन्। यहि हो लोकतन्त्र ? जहां सत्तामा बसेर देश लुट्न पाईन्छ। निकट भविष्यले यसको अन्त्य गर्दैछ।
“प्रधानन्यायाधीश रहिसक्नु भएको प्रधानमन्त्री, बरिष्ठ कानून बिद गृहमन्त्रीलाई जनताले सम्झाई रहनु पर्ने कुरा होइन। दोषिलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याएर कारवाही गरियोस्। खवरदार घरघरमा गएर बयान लिने होईन। तपाईको जिम्मेवारी केवल निर्वाचन गर्नु मात्र हैन देशमा शान्ति, सुरक्षा कायम गर्दै दोषिलाई दण्ड दिनु पनि हो।”
यस्तो मनपरीतन्त्र चलाउनको लागि राजसंस्थालाई बिदा गरेका थिएनौं। आज मूलुक अभिभावक बिहिन हूदां जनताले चुनेका नेताहरु अनुशासन बिहिन तानाशाह हुदै देशका बालबालिका मार्ने सम्मको हर्कतमा पुगे। यो जघन्य अपराध हो। यस्ता कुराले छुट पाउने हो भने भविष्यमा गलत नजिर स्थापित नहोला भन्न सकिन्न। प्रधानन्यायाधीश रहिसक्नु भएको प्रधानमन्त्री, बरिष्ठ कानून बिद गृहमन्त्रीलाई जनताले सम्झाई रहनु पर्ने कुरा होइन। दोषिलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याएर कारवाही गरियोस्। खवरदार घरघरमा गएर बयान लिने होईन। तपाईको जिम्मेवारी केवल निर्वाचन गर्नु मात्र हैन देशमा शान्ति, सुरक्षा कायम गर्दै दोषिलाई दण्ड दिनु पनि हो। अहिले निर्दोष यूवाहरु धेरै छुटन बांकी छन्। तिनलाई पनि रिहा गरियोस्। प्रधानन्यायाधीश प्रधानमन्त्री भएको बेला बिधिको शासन कायम होस्।
“७० को दशकसम्म सबै पार्टिहरुको अभिभावक भएको कांग्रेस आज गुण्डुको गुण्डागर्दीलाई अख्तियारी दिदै संसद पुनःस्थापना सम्मको अबस्थामा पुग्यो। देशलाई आफ्नो बिर्ता ठान्ने पार्टिहरुबाट देशको सुरक्षा हुन सक्दैन। हिजो राजालाई संबिधान भन्दा माथि राख्नु हुदैन भन्ने दलहरुबाटै संबिधानको धज्जी उडाईएको छ। अहिले सरकार बदल्ने कुराहरु पनि सुनिदै छ। सरकार बदल्नु मात्र समस्याको समाधान होइन। सरकारलाई जवाफ देहिता र बिधिको शासन भित्र राख्नु महत्वपूर्ण कुरा हो। जेएन्जी हत्यामा संलग्न दोषीलाई बयान सहित कारवाहीको दायरामा ल्याउनु सरकारको प्रमुख दायित्व हो।”
दिनपरदिन बढ्दो राजनैतिक प्रदुषणले जनताको दैनिकी अस्तब्यस्त अबस्थामा पुगेको छ। कर्मचारी, सुरक्षा निकाय , प्रहरी प्रसासनमा छाएको निरासा जेएन्जीहरुका कारण नभै आफुलाई ठूला भन्ने राजनैतिक दलहरुको नैतिकहिन राजनितिले उब्जाएको हो। ७० को दशकसम्म सबै पार्टिहरुको अभिभावक भएको कांग्रेस आज गुण्डुको गुण्डागर्दीलाई अख्तियारी दिदै संसद पुनःस्थापना सम्मको अबस्थामा पुग्यो। देशलाई आफ्नो बिर्ता ठान्ने पार्टिहरुबाट देशको सुरक्षा हुन सक्दैन। हिजो राजालाई संबिधान भन्दा माथि राख्नु हुदैन भन्ने दलहरुबाटै संबिधानको धज्जी उडाईएको छ। अहिले सरकार बदल्ने कुराहरु पनि सुनिदै छ। सरकार बदल्नु मात्र समस्याको समाधान होइन। सरकारलाई जवाफ देहिता र बिधिको शासन भित्र राख्नु महत्वपूर्ण कुरा हो। जेएन्जी हत्यामा संलग्न दोषीलाई बयान सहित कारवाहीको दायरामा ल्याउनु सरकारको प्रमुख दायित्व हो। घरघरमा गएर बयान लिनपठाने छुट सरकारलाई पनि छैन। यो आन्दोलनको जगमा बनेको सरकार हो। आन्दोलनको मर्म माथि खेलवाड गर्न पाईदैन।
“नेपाली आबरणमा उदाएका केही दलहरु राष्ट्रहितमा भन्दा मिसनका लागि काम गर्ने भएकाले देशलाई अझै ठूलो चुनौति थपिएको छ। ठूला भन्ने पार्टिहरु अझै हिम्सा भड्काउने र बंगलादेशको अबस्थालाई निम्त्याउने मानसिकतामा देखिन्छन्।”
देश राजसंस्थाको अन्त्यपछि उम्रिएका अनगिन्ती बिदेशी “पाओर सेन्टरहरुको क्रिडास्थल” बन्दै गएको कारण बास्तविक नेपाली राष्ट्रबादि जनता हदै सम्म असुरक्षित बन्दै गएका छन्। नेपाली आबरणमा उदाएका केही दलहरु राष्ट्रहितमा भन्दा मिसनका लागि काम गर्ने भएकाले देशलाई अझै ठूलो चुनौति थपिएको छ। ठूला भन्ने पार्टिहरु अझै हिम्सा भड्काउने र बंगलादेशको अबस्थालाई निम्त्याउने मानसिकतामा देखिन्छन्। संसद पुनःस्थापनाको दुष्प्रयास त्यसैको लागि नहोला भन्न सकिन्न। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन।
जय नेपाल।