News Portal

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

२४७ पटक

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस क्रममा उनले ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार र सञ्चारकर्मीसँग ललितपुरस्थित कुमार बेनको घरमा दिनभर भेटवार्ता गरेका छन्। बैठकमा चिकित्सक डा. भगवान कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, पूर्वसचिव भीम उपाध्याय, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम, केपी खनाल, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मीहरू सम्भव सिरोहिया, सुरजसिंह ठकुरी र पत्रकार ऋषि धमलालगायत सहभागी थिए।

बैठकमा सहभागी भीम उपाध्यायका अनुसार, बालेन शाह चुनावी दौडतर्फ अगाडि बढ्ने संकेत देखिन थालेको छ। “म सक्रिय राजनीतिमा जाँदिन, तर बाहिरबाट सहयोग गर्न तयार छु,” उपाध्यायले बताएका छन्। उनका अनुसार वैकल्पिक शक्ति एक ठाउँमा ल्याउने प्रयासमा बालेनले निरन्तर संवाद जारी राखेका छन्।

रवी लामिछानेसँग ६ घण्टे भेट, तर ठोस सहमति भएन   रास्वपा सभापति रवि लामिछानेसँग सोमबार बेलुकी ७ बजेदेखि राति १ बजेसम्म छलफल भए पनि ठोस प्रस्तावमा सहमति जुट्न नसकेको बालेनले सहभागीहरूलाई ब्रिफिङ गरेको बताइएको छ। “सहकार्यबारे कुरा भयो तर ठोस निर्णय आएन, फिलहाल फरक बाटोबाट अघि बढ्ने संकेत देखिन्छ,” एक सहभागी सदस्यले बताए।

चुनाव चिह्न ‘लौरो’ सहित देश विकास पार्टीको तयारी

बालेन नजिकका सहयोगीहरूले देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेको र यसको चुनाव चिह्न ‘लौरो’ रहेको जानकारी दिएका छन्। आवश्यक परे यही पार्टीमार्फत चुनावी अभियान अघि बढ्न सक्ने बालेन पक्षको बुझाइ छ।

घोषणा गरे समर्थन रहन्छ?’ – बालेनको प्रश्न भेटमा सहभागी अधिकांशलाई बालेनले, “मैले पार्टी घोषणा गरेपछि समर्थन रहन्छ ?” भनेर सोधेको र धेरैले सकारात्मक जवाफ दिएको सचिवालय स्रोतले बताएको छ। पुराना दलभित्रका केही नयाँ अनुहारहरूसँग पनि बालेन पक्षको संवाद चलिरहेको जनाइएको छ।

प्रधानमन्त्री उम्मेदवारको विकल्पसमेत छलफल रास्वपाले बालेनलाई भविष्यमा प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि बढाउन सकिने प्रस्तावबारे संकेत गरे पनि रवि लामिछानेले त्यो चरणसम्म संवाद नपुगेको बताएका छन्। अन्य राजनीतिक शक्ति र वैकल्पिक नेतृत्वसँग थप वार्ता जारी रहने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...