News Portal

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

३८४ पटक

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र जाजरकोटलाई पत्राचार गरेको छ।

खगिसरा परियारको जाहेरीका आधारमा नेपाल सरकार वादी र जीवन परियार (भुसाल) तथा दुर्गा बहादुर राना प्रतिवादी रहेको वैदेशिक रोजगार ठगी मुद्दामा मिति २०८२ साल असार २४ गते जाहेरी दर्ता भएको थियो। उक्त मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०८२ साल साउन ५ गते प्रतिवादीलाई पक्राउ गर्न अनुमति प्राप्त भएपछि सम्बन्धित प्रहरी कार्यालयहरूलाई पक्राउका लागि अनुरोध गरिएको हो।

प्रहरीका अनुसार पहिलो प्रतिवादी जीवन परियार (भुसाल) रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका–४ का स्थायी बासिन्दा हुन्। २९ वर्षीय परियार हाल कुवेतमा बसोबास गर्दै आएको उल्लेख गरिएको छ। दोस्रो प्रतिवादी दुर्गा बहादुर राना जाजरकोट जिल्लाको मेरी नगरपालिका–७ का स्थायी बासिन्दा हुन्। ३५ वर्षीय राना हाल काठमाडौंमा लुकीछिपी बसिरहेको प्रहरीको भनाइ छ।

पत्राचारमा दुवै प्रतिवादीलाई पक्राउ पुर्जी दिई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण पश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित गराउन निर्देशन दिइएको छ। साथै, फेला नपरेमा सोही व्यहोराको प्रतिवेदन उपलब्ध गराई अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ।

यसैबीच, वैदेशिक रोजगारको नाममा दलालीमार्फत ठगी गर्ने प्रवृत्ति व्यापक बन्दै गएको पीडितहरूले गुनासो गरेका छन्। पीडितका अनुसार दलालहरूले कम्पनीको काम भन्दै घरेलु कामदारमा समेत मान्छे ओसारपोसार गर्न थालिएको देखिएको छ।

विशेषगरी घरेलु कामदारको नाममा नेपालबाट दुबई, ओमानलगायत विभिन्न मुलुक हुँदै ट्रान्जिटमार्फत कुवेत पुर्‍याउने, “कुनै शुल्क नलाग्ने” भनेर प्रलोभन देखाउने र अन्ततः ठगी तथा शोषण गर्ने घटना बढिरहेको उल्लेख गरिएको छ। केही घटनामा पीडितहरू नेपाल फर्किन बाध्य भई रकम फिर्ता माग्दा थप रकम तिरेर मात्रै छुट्कारा पाएको गुनासो पनि सार्वजनिक भएका छन्।प्रहरीका अनुसार हाल मानव तस्करीमा संलग्न एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पक्राउ गरिसकेको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउ प्रक्रिया जारी छ। वैदेशिक रोजगारको नाममा हुने ठगी र मानव तस्करी नियन्त्रणका लागि प्रहरी थप सक्रिय बनेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...