News Portal

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

२९८ पटक

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास समितिको आयोजनामा दाताहरूको सहयोगमा साना बालबालिकालाई भोजनसहित तातो न्यानो कपडा मिति २०८२ साल पौष ७ वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम गंगा–जमुना गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्री कुमार बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास समितिका अध्यक्ष प्रजुन कुमार अधिकारी, उपाध्यक्ष मिन बहादुर बानियाँ, वडा नं. १ का वडा सदस्य, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको संयुक्त सहभागिता रहेको थियो।

चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य र शिक्षामा पर्न सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै सहयोग र सद्भावनाको माध्यमबाट सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

यस कार्यक्रमका लागि सहयोग पुर्‍याउने दाताहरूमा प्रभाकर अधिकारी, कमला बस्नेत अधिकारी, गीता अधिकारी, मञ्जु अधिकारी थापा, हरि बानियाँ, टेकबहादुर र बाली, वडा नं. ५ का अध्यक्ष कुमार अधिकारी, निराकर घिमिरे, प्रतिभा अधिकारी तथा ठोट्नेपानी व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार अधिकारी रहनुभएको छ।

दुर्गम क्षेत्रमा जाडोको समयमा विद्यालयका साना भाइबहिनीहरूलाई न्यानो कपडा र भोजन वितरण गरी मानवीय संवेदनशीलता प्रस्तुत गर्ने सम्पूर्ण सहयोगी दाताहरूलाई आयोजक समितिले हृदयदेखि नै धन्यवाद ज्ञापन गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...