News Portal

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

१७४ पटक

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो करिब ११ बजे काठमाडौंको कपनस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ।

सिआइबीका प्रमुख डीएसपीसँग पक्राउ परेकाे विषयमा कुराकानी भइसकेको र आवश्यक जानकारी लिइएको पार्टी स्रोतले जनाएको छ। पक्राउपछि पाँचथर जिल्ला लगिएको बताइएको छ।

प्राप्त जानकारीअनुसार तामाङ विगतमा दशवर्षे जनयुद्धको पृष्ठभूमिबाट प्रभावित भई जनआन्दोलनपछि ‘विश्वक्रान्ति’ नामक अभियानको नेतृत्व गर्दै आएका थिए। उनले २०७० सालतिर विभिन्न मागसहित शान्तिपूर्ण अभियान सञ्चालन गरेका थिए। तर राज्यबाट बेवास्ता भएपछि आन्दोलनलाई कडा बनाउने चेतावनीसहित विभिन्न गतिविधि अघि बढाएको बताइन्छ।

यसै क्रममा करिब दुई वर्षको अवधिमा विस्फोटसम्बन्धी घटनासँग जोडिएको आरोपमा उनी २०७७ साल असार ११ गते पाँचथर जिल्लाबाट पक्राउ परेका थिए। अदालतले दोषी ठहर गरेपछि करिब ११ महिना ७ दिन जेल सजाय भुक्तान गरी उनी जेलमुक्त भएका थिए।

जेलमुक्तिपछि पनि ‘कुमार विश्वक्रान्ति देवराज लामा’ लगायत विभिन्न नाम प्रयोग गरी गतिविधि गरेको र पुराना मुद्दा बाँकी रहेको बुझिएको छ। आजको पक्राउ पनि तीमध्ये एक मुद्दासँग सम्बन्धित भएको प्रारम्भिक जानकारी सिआइबी स्रोतले दिएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ।

 

 

 

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...